मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकसाहित्यफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ असोज ३ आइतबार
  • Sunday, 19 September, 2021
२०७८ असार २० आइतबार १०:०८:००
Read Time : > 1 मिनेट
प्रदेश प्रिन्ट संस्करण

त्रिदेशीय सडकको काम दैलेखबाट सुरु : महाबु सडकखण्डलाई २० करोड विनियोजन

Read Time : > 1 मिनेट
२०७८ असार २० आइतबार १०:०८:००

नेपाल सरकारले गत वर्षदेखि प्राथमिकतामा राखेको त्रिदेशीय सडकखण्डको काम दैलेख सदरमुकामबाट सुरु हुने भएको छ । दैलेख सदरमुकाम महाबु सडकखण्डमा यस वर्ष २० करोड रकम विनियोजन गरेको छ । गत वर्षदेखि नेपालगन्ज, सुर्खेत, दैलेख सदरमुकाम, महाबु, कालिकोट, जुम्ला, हुम्ला, डोल्पा हुँदै चीनको नाग्चेनाम्लासँग सहज यातायात जोड्ने त्रिदेशीय सडकअन्तर्गत रकम विनियोजन भई काम सुरु गरिएको हो । गत वर्ष विनियोजन गरिएको ८० करोड रकम मुगु र डोल्पा सडकखण्डमा खर्च गरिएको थियो । 

यो वर्ष विनियोजन गरिएको ६० करोडमध्ये मुख्य समस्या मानिएको दैलेख सदरमुकामको काँडा चौरदेखि महाबु सडकखण्डका लागि २० करोड विनियोजन गरिएको छ । यो वर्षबाट सडक स्तरोन्नतिसँगै सडक चौडा, नाली, ग्याबिनसँगै कालोपत्रेका लागि दैलेख खण्डमा २० करोड विनियोजन भएको विघटित प्रतिनिधिसभाका सदस्य रवीन्द्रराज शर्माले जानकारी दिएका छन् । सोहीअनुसार ठेक्का खोल्ने र काम अगाडि बढाउने तयारी भएको सुर्खेत सडक डिभिजनका इन्जिनियर तुलाराम शर्माले जानकारी दिएका छन् । 

दैलेखका तीनवटा स्थानबाट सडक खुल्दै
कर्णालीका पाँच जिल्ला जोड्न दैलेख सदरमुकामका तीनवटा स्थानबाट सडक सञ्चालन हुने भएको छ । अहिले सञ्चालनमा आएको कर्णाली राजमार्गको स्तरोन्नति गर्नुपर्ने देखिएको छ । सुर्खेतको माथिल्लो डुगेश्वर, दुल्लु–भैरवी हुँदै कालिकोट र जुम्ला जोड्ने सडकमा पनि प्रदेश र केन्द्र सरकारले रकम विनियोजन गरेर धमाधम काम सुरु भइरहेको छ । दैलेख सदरमुकाम महाबु हुँदै कालिकोट–जुम्ला जोड्ने अर्को सडकको पनि यस वर्षबाट काम सुरु हुने भएको छ । तीनवटै सडक सञ्चालनमा आए दैलेखको आर्थिक अवस्था सुधारसँगै पर्यटन प्रवद्र्धनमा निकै ठूलो टेवा पुग्ने दैलेख उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष शान्ति शर्माले जानकारी दिएका छन् । 

जिल्लाका ठूला विकासे योजनाहरू तीव्र गतिमा निर्माण सम्पन्न हुनुपर्ने भन्दै सबै जिम्मेवार निकायहरूले कामको प्रभावकारिता, गुणस्तरीयताका बारेमा खबरदारी गर्न सांसद रवीन्द्र शर्माले आग्रह गरेका छन् । जबसम्म ठूला विकासे पूर्वाधार जिल्लामा बन्दैनन्, तबसम्म रोजगारी सिर्जना हुँदैन । जिल्लाका आमनागरिकको आर्थिक अवस्था सुधारका लागि ठूला विकास जरुरी भएकाले जिल्लाको पूर्व–पश्चिमका सबै जनताको जीवनस्तर सुधार गर्ने मध्यपहाडी सडक, कर्णालीका जिल्ला छुने दुईवटा महŒवपूर्ण सडकहरू महाबु हुँदै कालिकोट–जुम्ला र भैरवी–बेहुली हुँदै कालिकोट–जुम्ला जाने सडक, दैलेखको पेट्रोल उत्खनन र माथिल्लो कर्णाली जलविद्युत् आयोजनाहरू निर्माणका लागि जनप्रतिनिधि, राजबहादुर बुढा, पार्वती बिसुन्केले प्रभावकारी भूमिका खेलेको जिल्ला समन्वय समिति दैलेखका प्रमुख प्रेम थापाले बताए । 

दैलेखका सबै ठूला विकासको काम तीव्र पारेका छौँ : प्रजिअ
प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेल गृहजिल्ला दैलेख आउनेबित्तिकै रोकिएको मध्यपहाडीको कामले तीव्रता पाएको छ । विभिन्न स्थानहरूमा भएका समस्याहरूको बारेमा समाधान गर्न प्रजिअ आफैँले सहजीकरण गरिदिएपछि समस्या समाधानमा सहयोग पुगेको हो । आफू स्थानीय बासिन्दा भएकाले जिल्लामा हुने सबैखाले विकासमा गुणस्तरीयता कायम गर्न निकै कडाइका साथ निर्देशन दिएका छौँ । गल्ती भेटिएमा तत्काल कारबाही प्रक्रिया पनि अघि बढाएका छौँ । कुनै पनि विकास गतिविधि कसैका कारण अवरोध हुनुहुँदैन भन्ने मान्यताका साथ जिल्ला प्रशासनले काम गरेको प्रजिअ प्याकुरेलको भनाइ छ ।