१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार २o:५२:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

त्रिविमा एमफिलको भर्ना शुल्क महँगो भएको भन्दै विद्यार्थी आन्दोलित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार २o:५२:oo

त्रिभुवन विश्वविद्यालयमा एमफिल पहिलो सेमेस्टरको भर्ना शुल्क महँगो भएको भन्दै विद्यार्थीहरूले विरोध गरेका छन् । त्रिविले इन्ट्रान्स परीक्षा लिएर नयाँ भर्नाका लागि सूचना जारी गरेको छ । नयाँ भर्नाका लागि त्रिविले पहिलो सेमेस्टर शुल्क ८० हजार तोकेको छ । विद्यार्थीले यो शुल्क महँगो भएको भन्दै विरोध सुरु गरेका हुन् ।

उनीहरूले त्रिवि उपकुलपति र डिन कार्यालयमा यस विषयमा शुक्रबार ज्ञापनपत्रसमेत बुझाएका छन् । ‘त्रिभुवन विश्वविद्यालयले एमफिलको प्रथम सेमेष्टरको फी ८० हजार पुर्‍याएको  छ । यसको विरोधमा आज त्रिवि उपकुलपति धर्मकान्त बाँस्कोटा र डिन कार्यालयलाई ज्ञापनपत्र बुझाएका छौँ । यसले सर्वसाधारण जनताका छोराछोरीलाई उच्च शिक्षा आर्जनबाट वञ्चित गरिएको छ । यति धेरै फी तिरेर सर्वसाधारण पढ्न सक्दैनन्,’ आन्दोलनरत विद्यार्थी संघर्ष दाहालले भने, ‘देशकै ठूलो र पहिलो विश्वविद्यालयले नीतिगत रूपमा गरिबका छोराछोरीलाई उच्च शिक्षा लिनबाट वञ्चित गरेको छ । यसलाई तत्काल सच्याइओस् र एमफिल तथा पिएचडी निःशुल्क रूपमा अध्ययन गराओस् ।’ उनले  माग पूरा नभए आइतबारबाट सडक आन्दोलनमा जान बाध्य हुने बताए ।

 

 

ad
ad