१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २५ मंगलबार
  • Tuesday, 07 May, 2024
एजेन्सी
२o८१ बैशाख २५ मंगलबार १२:२२:oo
Read Time : > 1 मिनेट
ad
ad
खेलकुद

रोनाल्डोद्वारा सर्वाधिक अन्तर्राष्ट्रिय गोलको कीर्तिमान बराबरी

Read Time : > 1 मिनेट
एजेन्सी
नयाँ पत्रिका
२o८१ बैशाख २५ मंगलबार १२:२२:oo

विश्वकप विजेता फ्रान्सविरुद्ध दुई पेनाल्टी गोल गर्दै आफ्नो देशलाई जारी युरोकपको प्रिक्वार्टरफाइनल चरणमा पुर्‍याएका पोर्चुगलका कप्तान क्रिष्टियानो रोनाल्डोले आफ्नो नाममा थप व्यक्तिगत कीर्तिमान पनि थपेका छन् । 

फ्रान्सविरुद्ध दुई गोल गरेसँगै उनले राष्ट्रिय टोलीबाट सर्वाधिक १०९ गोल गर्ने इरानका अली दाइको कीर्तिमान बराबरी गरेका छन् । अलीले सन् १९९३–२००६ को अवधिमा यो कीर्तिमान कायम गरेका थिए । 

आगामी प्रतिस्पर्धामा राष्ट्रिय टोलीबाट थप गोल गर्न सके रोनाल्डोले यो कीर्तिमानमा आफ्नो एक्लो नाम लेखाउनेछन् । अन्तर्राष्ट्रिय पुरुष फुटबलमा अहिलेसम्म ९० भन्दामाथि गोल गर्ने खेलाडी रोनाल्डो र अली मात्रै हुन् । 

रोनाल्डोको गोल
३१ – युरोपियन च्याम्पियनसिप छनोट
३१ – विश्वकप छनोट
१९ – मैत्रीपूर्ण खेल
१४ – युरोपियन च्याम्पियनसिप
७  – विश्वकप
५  – युइएफए नेसन्स लिग
२  –कन्फिडेरेसन कप

रोनाल्डोले अहिलेसम्म गरेको गोलमध्ये आधा गोल खेलको अन्तिम ३० मिनेटमा सम्भव भएको छ । उनले खेलको अन्तिम १५ मिनेटमा ३१ गोल गरेका छन् । यस्तै खेलको ६१औँ देखि ७५औँ मिनेटको बीचमा उनले २२ गोल गरेका छन् ।

रोनाल्डोले खेलको १६ देखि ३० मिनेटभित्र १७, ३१ देखि ४५ मिनेटभित्र १६, पहिलो हाफको सुरुवाती १५ मिनेटमा ११ र दोस्रो हाफको सुरुवाती १५ मिनेटभित्र १२ गोल गरेका छन् । उनले गरेको मध्ये झन्डै ८९ गोल डी बक्सको भित्रबाट सम्भव भएको छ । उनले १४ गोल पेनाल्टीमार्फत र नौ गोल फ्रिकिकमार्फत गरेका छन् । उनले लिथुनिया र स्विडेनविरुद्ध सर्वाधिक सात–सात गोल गरेका छन् । बुधबारको खेलअघि उनले फ्रान्सविरुद्ध कहिल्यै गोल गरेका थिएनन् ।

जर्मन क्लब बार्यन म्युनिखबाट समेत खेलेका इरानका अलीले सन् २००३ मा हंगेरीका फेरेन्क पुस्कासको ८५ गोलको कीर्तिमान तोडेका थिए । रोनाल्डोले त्यही वर्ष अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका हुन् । बुधबार राति रोनाल्डोले हंगेरीको बुडापेस्टस्थित फेरेन्क पुस्कास एरेनामै फ्रान्सविरुद्ध दुई गोल गर्दै अलीको कीर्तिमान बराबरी गरे ।
 

ad
ad