१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ असार ५ शनिबार १६:०६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेपाल–चीन जोड्ने हिल्साको बेलिब्रिज जोखिममा

Read Time : < 1 मिनेट
२०७८ असार ५ शनिबार १६:०६:००

नेपाल–चीन जोड्ने हिल्साको बेलिब्रिज बेलिब्रिज जोखिममा परेको छ । बाढीका कारण हिल्सा नदीको बेलिब्रिज उच्च जोखिम रहेको स्थानीय लाल लामाले जानकारी दिए । 

मानसरोवर तथा कैलाश पर्वतमा दर्शन गर्दा आवत¬–जावत हुने बेलिब्रिज नै जोखिममा परेको लामाले बताए । हिल्सानजिकै नौमुलेबाट आएको बाढी र कर्णाली नदीको बहाव बढेसँगै बेलिब्रिज जोखिममा परेको उनले बताए । 

२०७३ पुसमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बेलिब्रिज उद्घाटन गरेपछि चीनसँगको नाका खुलेको थियो । सात करोड ५० लाखमा निर्माण भएको थियो । 

९० घरधुरी होटेल, पसल व्यवसाय र बसोवास गर्दै आएको हिल्सामा पनि जोखिम बढेको छ । हिल्सामा सीमा सुरक्षाका लागि २२ जना सशस्त्र प्रहरी बस्दै आएका छन् । हिल्सामा स्थानीयबासीको संख्या ३५ रहेको छ ।