मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
संजित परियार काठमाडाैं
२०७८ असार ४ शुक्रबार १४:५३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जसपा विवाद : आधिकारिकता दाबी गर्दै यादव समूह निर्वाचन आयोग पुग्याे

Read Time : < 1 मिनेट
संजित परियार, काठमाडाैं
२०७८ असार ४ शुक्रबार १४:५३:००

पार्टीको आधिकारिकता माग गर्दै जनता समाजवादी पार्टी, नेपालको उपेन्द्र यादव पक्षले निर्वाचन आयोगमा निवेदन दिएको छ । 

जसपा अध्यक्ष यादवसहितका नेताहरु शुक्रबार निर्वाचन आयोगमा पुगेर पार्टीको आधिकारिकताको माग गरेका हुन् ।  जसपामा महन्थ ठाकुर पक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा समावेश भएसँगै यादव र महतो पक्षले एक अर्कालाई कारबाही गरी पार्टीबाट हटाएका छन् भने दुवै पक्षले जसपाको नाम, लोगो प्रयोग गर्दै आफुलाई आधिकारिक बताइरहेका छन् ।

यसै सन्दर्भमा यस अघि एकअर्कालाई कारबाही गरेर हटाएको पत्र अद्यावधिक गर्न निर्वाचन आयोगमा दुवै समुहले दिएको भएपनि आयोगले विवादको निरुपण गर्ने गरी आउन आग्रह गरे अनुरुप यादव पक्ष पार्टी विवादको निरुपण गर्नेगरी आधिकारिकताको दाबी गर्दै निर्वाचन आयोग पुगेको हो । जसपाले हिजो केन्द्रीय कार्याकारिणी समितिको बहुमत सदस्यको बैठक बसि पार्टीको आधिकारिकताको दाबी गर्ने निर्णय गरेको थियो ।

जसपाका नेता राजेन्द्र श्रेष्ठले राजनीतिक दल सम्बन्धी ऐनको दफा ४३ र ४४ अनुरुप आधिकारिकताको दाबी गरिएको बताए । उनले भने  ‘तपाईहरुको बीचमा दुई पक्ष देखिएको हुँदा विवाद निरुपणको प्रावधानबाट आउनुभयो भने हामीलाई सजिलो हुन्छ भनेर उहाँहरुले भनिसकेपछि हामीले अहिले विवाद निरुपणको प्रावधान अनुसार राजनीतिक दल सम्बन्धी ऐनको दफा ४३ र ४४ त्यस अनुरुप नै आधिकारिकता दाबी गरेर आज निवेदन दिएका छौँ ।’