मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
रामकृष्ण थापा सिन्धुपाल्चोक
२०७८ असार ४ शुक्रबार ११:१०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लिपिङपुलमा क्षति पुगेकाले तातोपानी नाका अवरुद्ध

Read Time : < 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
२०७८ असार ४ शुक्रबार ११:१०:००

कामचलाउ अवस्थामा रहेको लिपिङपुलको केही भाग खोलाले बगाएपछि बिहीबार बेलुकाबाट तातोपानी नाकामा सवारी आवागमन अवरुद्ध भएको छ । भैरवकुण्ड क्षेत्रमा आएकाे अविरल वर्षाले लिपिङ खोलामा ठूलो बाढी आएको छ । बाढीले जीर्ण अवस्थामा रहेको पुलको आधा भाग बगाएको अध्यागमन कार्यालयका कर्मचारी तिलक मगरले बताए । 

बिहीबार खासाबाट लार्चातर्फ आएका १२ कन्टेनरमध्ये ६ वटा मात्रै तातोपानी आएका छन् । स्याउ बोकेका ६ कन्टेनर लिपिङमै रोकिएका छन् । पुलको मुख्य भाग नै ढल्ने अवस्थामा रहेकोले जोखिम मोलेर मानिस आवतजावत गरिरहेका छन् । तर, गाडी आउन सक्ने अवस्था छैन । 

मितेरीपुलबाट तीन सय मिटरयता लिपिङ पुल भूकम्प र भोटेकोसी बाढीले जिर्ण भएको थियो । जीर्ण भएको पुल चिनियाँ पक्षले मर्मत सुधार गरेर प्रयोगमा ल्याएको थियो । खासा-काठमाडौं सामग्री ढुवानी गर्ने सिल्क ट्रान्सपोर्टको सिल्क ग्रुपका अध्यक्ष रमेश शेर्पाले हाललाई जसोतसो चलाउने र पूरै ढल्यो भने १० दिनभित्र बेलिब्रिज फिट गर्ने योजना रहेको बताए । 

अहिले खासाबाट स्याउ मात्रै आयात भइरहेकोले लिपिङमा रोकिएका गाडीबाट स्याउ झिकेर पुलपारि अर्को गाडीमा हालेर राजधानी पठाउने तयारी भइरहेको उनले बताए । बाटो बन्द भए पनि नाका सुचारु रहनेछ ।