१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असार २ बुधबार
  • Friday, 04 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ असार २ बुधबार १५:२५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

उद्धार र राहतमा परिचालित हुन जनप्रतिनिधि, पार्टी कमिटी र युवापंक्तिलाई एमालेको आह्वान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ असार २ बुधबार १५:२५:oo

सत्तारुढ एमालेले प्राकृतिक विपत्तिको घडीमा उद्धार र राहतमा परिचालित हुन जनप्रतिनिधि, पार्टी कमिटी र युवापंक्तिलाई आह्वान गरेको छ । प्रवक्ता प्रदीप ज्ञवालीले बुधबार प्रेस विज्ञप्ति जारी गरी स्वयंसेवी भावनाका साथ परिचालित हुन आह्वान गरेका हुन् ।

तत्काल उद्धार र राहतका काम प्रभावकारी ढंगले अगाडि बढाउन, मृतकका परिवारहरूका लागि राहत उपलब्ध गराउन, बेपत्ताहरूको खोजी गर्न र बाढीले बेघर बनाइएका परिवारका लागि अस्थायी बसोवासको प्रबन्ध गर्न सरकारसँग उनले आग्रह गरेका छन् । सरकारले विपद्प्रति कार्ययोजना पारित गर्दै सबै मन्त्रालयलाई प्राकृतिक विपत्तिका विरुद्ध परिचालित गर्ने निर्णय प्रभावकारी रूपमा कार्यान्वयन गर्न पनि उनले आग्रह गरेका छन् ।