१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ असार २ बुधबार
  • Saturday, 28 September, 2024
२o७८ असार २ बुधबार १४:३४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

खहरे खोलाले बगाउँदा एकको मृत्यु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ असार २ बुधबार १४:३४:oo

दुई दिनदेखिको लगातारको वर्षाको कारण खहरेखोलाले बगाउँदा कास्कीमा एक महिलाको मृत्यु भएको छ । कास्कीको माछापुच्छ्रे  गाउँपालिका वडा नम्वर १ स्थित उपल्लो घाचोक (टुसे) मा खहरेखोलाले बगाउँदा महिलाको मृत्यु भएको हो । मृत्यु हुनेमा स्थानीय ४८ वर्षीया लिलादेवी परियार रहेकी छिन् । 

वडाध्यक्ष विरेन्द्र गुरुङका अनुसार उनलाई खहरेखोलाले बगाएर करिव २५ मिटर तर लगेको थियो । बगाएर लगेको स्थानमा उनलाई स्थानीय र प्रहरीले मृत फेला पारेका थिए ।

प्रहरी चौकी घाचोकबाट गएको प्रहरी टोलीले महिलाको शव खोलाबाट निकालेको थियो । प्रहरीले घटनावारे अनुसन्धान सुरु गरेको जनाएको छ ।