१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७८ असार १ मंगलबार १४:५६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गण्डकीको नीति तथा कार्यक्रम पारित : नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता                  

Read Time : < 1 मिनेट
२०७८ असार १ मंगलबार १४:५६:००

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नागरिकको जीवनरक्षा नै सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन् । सोमबार प्रदेश सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रमबारे मंगलबार भएको छलफल सांसदह?ले उठाएका प्रश्नको उत्तर दिँदै मुख्यमन्त्री पोखरेलले सो कुरा बताएका हुन् । मुख्यमन्त्रीको जवाफसँगै बहुमतले नीति तथा कार्यक्रम पारित गरेको छ । नीति तथा कार्यक्रम पारितसँगै सरकारलाई बजेट ल्याउने बाटोसमेत खुलेको छ । बजेट आजै ४ बजे सार्वजनिक हुँदै छ ।

सरकारको हालको पहिलो काम भनेकै प्रदेशका नागरिकको जीवनरक्षा गर्नु रहेको भन्दै यसका लागि स्वास्थ्यसँगै राहतका विभिन्न कार्यक्रम सञ्चालन गर्ने जानकारी दिए । कोरोनाका कारण अभिभावक गुमाएका, घरपरिवारका सदस्य गुमाएकाहरूको जीवन निर्वाहका लागि सरकारले राहत दिने कार्यक्रम सञ्चालन गर्ने उनको भनाइ थियो । स्वास्थ्य संस्थाहरूको क्षमता विकास, विस्तारलगायतका कामसमेत सरकारले गर्ने उनले बताए ।

शनिबार मात्र आफू मुख्यमन्त्री नियुक्त भएसँगै गठन भएको सरकारले एक दिनको तयारीमा नीति तथा कार्यक्रम र एक दिनको तयारीमा बजेट तयार गरेको जानकारी दिए । संविधानको परिधिभित्र रहेर काम गर्नुपर्ने भएकाले हतार हतारमा चुनौतीबीच  काम गर्नुपरेको उनको भनाइ थियो ।    

नीति तथा कार्यक्रमसँगै बजेट तयार गर्दा सरोकारवालाहरूसँग सामान्य छलफल गर्ने समयसमेत नभएकाले नीति तथा कार्यक्रममा केही कार्यक्रमहरू छुटेका भए बजेट र सरकारको वार्षिक कार्यक्रममा समेटी कार्यान्वयन गर्दै जाने प्रतिबद्धता गरे । यसअघि भएको छलफल कार्यक्रममा सत्ता पक्षका सांसदहरूले सरकारले छोटो अवधिमा नीति तथा कार्यक्रमसँगै बजेट ल्याउनुपरेको बताएका थिए । तैपनि सरकारले सबै विषय र क्षेत्र समेटेको भन्दै प्रशंसा गरेका थिए ।