१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार o९:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग प्रिन्ट संस्करण

नयनराज पाण्डेको कथासंग्रह  ‘जियरा’ सार्वजनिक 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o९:o१:oo

लेखक नयनराज पाण्डेको नयाँ कृति ‘जियरा’ सोमबारबाट बजारमा आएको छ । गत चैतमै पुस्तक बजारमा पठाउने तयारी गरिए पनि कोभिड सङ्क्रमण दर बढेको र निषेधाज्ञाको हल्लाले ढिलो गरी बजारमा ल्याएको प्रकाशक फाइन प्रिन्टले जनाएको छ । 

यसबीचमा नयाँ कृति सार्वजनिक नभएकाले पाठकले नयाँ फ्लेबरको पुस्तक पढ्न पाऊन्, उनीहरूलाई नयाँ खुराक मिलोस् भनेर पाण्डेको नयाँ कृति ‘जियरा’ बजारमा ल्याएको फाइन प्रिन्टको भनाइ छ । निषेधाज्ञाकै कारण कुनै सार्वजनिक कार्यक्रम नगरी पुस्तक बजार पठाइएको हो । 

संग्रहमा पाण्डेले पछिल्लो समयमा लेखेका १३ वटा लामा कथा समावेश छन् । ‘जति किताब लेखिसके पनि आफ्नो नयाँ पुस्तक प्रकाशन हुँदा लेखक उत्साहित नै हुन्छ, म पनि उत्साहित छु,’ लेखक पाण्डेले भने, ‘यो उत्साहमा पाठकको प्रतिक्रिया बुझ्ने मेरो हुटहुटी पनि मिश्रित छ । मैले एउटै पात्रका बहुल रूप, एउटै कथामा बहुल कथानक र बहुल परिवेश अनि कथामा यथार्थ र मिथकको सम्मिश्रणले आख्यानको एउटा बेग्लै आभामण्डल निर्माण गर्ने प्रयास गरेको छु ।’ 

ad
ad