१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
२o८१ जेठ २ बुधबार १२:५४:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

लागुऔषधको ट्रान्जिट बन्दै सम्सी नाका 

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १२:५४:oo

महोत्तरीको सम्सी नाका लागुऔषध तथा अन्य कारोबारमा समेत नाम चलेको नाका हो । सम्सी नाकामा तस्करी नियन्त्रणकै लागि शसस्त्र प्रहरीको बिओपी र प्रहरीको सीमा प्रहरीचौकीमार्फत निरन्तर मालसामानका साथै लागुऔषध र लागुऔषध कारोबारीहरूसमेत पक्राउ पर्दै आएका छन् । तर, निरन्तरको प्रयासका बाबजुद सीमाबाट लागुऔषधको कारोबार अझै घट्न सकेको छैन ।

मंगलबार बिहान मात्रै बिओपी सम्सीले स्कुटरमा सवार दुईजनालाई चेकजाच गर्दा १६ बोतल लागुऔषधको रूपमा प्रयोग हुने एक्सिप्लोन कफ सिरप र डाइलेक्स डिसी कफसिरपसहित  नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरीले पक्राउ गरेका बर्दिवास २ निवासी सुवास दमाईं र बर्दिवास १४ बस्ने सन्तोष कोइरी महतोलाई आवश्यक कारबाहीका लागि प्रहरीलाई बुझाएको छ । 

चालू आर्थिक वर्षमा बिओपी सम्सीले मात्र चार सय ४७ बोतल लागुऔषधको रुपमा नेपालमा प्रयोग हुँदै आएको कफसिरप र ६८८ पिस नाइट्राभेट लगायतका ट्याबलेटसहित १२ जनालाई पक्राउ गरिसकेको छ  भने उनीहरू सवार एक बोलेरो, पाँच मोटरसाइकल र एक स्कुटरसमेत नियन्त्रणमा लिई प्रहरीलाई बुझाएको छ । 

भारतमा सहजै उपलब्ध हुने र प्रतिबन्धसमेत नरहेको यस्ता औषधिहरू  नेपाली युवा जमातले लागुऔषधको रूपमा सेवन गर्ने गरेकाले समेत यसकाे डिमान्ड अत्यधिक रहेको र डिमान्ड नै पूर्ति गर्न लागुऔषध कारोबारसमेत फस्टाएको हो । महेन्द्र राजमार्ग र बिपी राजमार्गको मिलनबिन्दु बर्दिवासबाट लक्ष्मीनियाँ सम्सी पुग्ने सरल बाटोको रूपमा रहेको हुलाकी राजमार्गको लक्ष्मीनियाँ सम्सी खण्ड यस्तो कारोबारका लागि अत्यधिक प्रयोग हुँदै आएको छ ।

१५ देखि २५ वर्षका युवाहरू अत्यधिक लागुऔषध तस्करी र कारोबारमा प्रयोग हुँदै आएको र युजरसमेत बढी यसै उमेर समूहको रहेको बताउँदै सशस्त्र प्रहरी बल नेपाल नं. ९ गणका गणपति एसपी सुरेश सापकोटाले खुला सीमाकै कारण तस्करी नियन्त्रणमा समस्या आउने गरेको बताउँछन् ।

विभिन्न बहानामा भारतीय सीमामा पस्ने र उतैबाट शरीरकै विभिन्न भागमा र सवारीसाधनहरूमा समेत सामान्य चेकजाँचमा फेला नपर्ने गरी लुकाएर लागुऔषध ल्याउने गरेको उनी बताउँछन् । चेकजाँचकै क्रममा विभिन्न सरकारी तथा अन्य नक्कली आइडी कार्डसमेत प्रयोग गरेर सुरक्षाकर्मीलाई झुक्याउन खोज्ने उनले बताए । 

जिल्ला प्रहरी कार्यालय महोत्तरीको तथ्यांकअनुसार गत साउन १ गतेदेखि हालसम्म दुई सय २७ किलो गाँजा, ११ ग्राम ८८० मिलिग्राम खैरो हेरोइन,नाइट्राभेट ट्याबलेट ६ हजार नौ सय ४५ पिस,एक्सिप्लोन लेखेको सय एमएलको सिरप पाँच सय ९९ बोतल,कोडेन फोसफेट एन्ड क्लोरफेनिरमाइन लेखेको सिरप ८९ बोतल, स्पास्मो प्रोक्सिभोन प्लस क्याप्सुल नौ सय ५१ पिस,नाइट्रोसन ट्याबलेट ९१ पिस, स्पास पोक्रनप्लस क्यापसुल ९६ पिस, डाइजेल्याब ३१४ पिस,फेनेग्रान एम्पुल एक सय ४७ पिस, नुफिन एम्पुल एक सय ४० पिस, डाइजेपाम एम्पुल ११ पिस, ड्रोक्लोराइड इन्जेक्सन दुई सय  पिस,डाइलेक्स डिसी ४५ पिस नियन्त्रणमा लिइसकिएको छ । उक्त लागुऔषधसहित ७३ मुद्दा दर्ता भई एक सय एक जना पक्राउ परेका छन् । 

 
 

ad
ad