१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार १३:२१:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

गर्भवती श्रीमतीको जलाएर हत्या, लुकेर बसिरहेको अवस्थामा श्रीमान् पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १३:२१:oo

सिराहाको धनगढीमाई नगरपालिका– ३ हनुमाननगर गाउँमा आठमहिने गर्भवतीको शरीरमा सलाई कोरेर फालिदिएपछि जलेर गम्भीर घाइते भएपछि उपचारका लागि काठमाडौं लैजाने क्रममा मृत्यु भएको छ ।श्रीमानले मदिराका लागि रकम माग्दा नदिएको विषयमा विवाद भएपछि आवेगमा पेट्रोल छर्किएकी हनुमाननगर गाउँकी करिब ३० वर्षीया पूजा चौधरीको शरीरमा श्रीमान् २९ वर्षीय  दीपेन्द्र चौधरीले सलाई कोरेर फालेपछि जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।

लहान प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक डा. तपनकुमार दाहालका अनुसार २१ जेठको राति करिब साढे ८ बजेतिर जलेर गम्भीर घाइते भएपछि गर्भवती पूजालाई राति नै श्रीमान् र सासूले उपचारका लागि लहानस्थित कामना नर्सिङ होम ल्याएका थिए । 

‘घाइतेको अवस्था गम्भीर भएकाले नर्सिङ होमले विराटनगर लैजान रेफर गरिदिनुअगावै श्रीमान् दीपेन्द्र फरार भएको दखिन्छ,’ प्रहरी नायव उपरीक्षक डा. दाहालले भने, ‘मृतककी सासूले राति नै विराटनगरस्थित नोबेल अस्पताल पुर्‍याएपछि त्यहाँबाट पनि काठमाडौं लैजान भनेपछि एम्बुलेन्समा राखेर काठमाडौं लैजाने क्रममा आइतबार बिहान सिन्धुलीमा मृत्यु भएको हो ।’

चौधरी पक्राउ, कर्तव्य ज्यानको मुद्दा
श्रीमतीलाई आगो लगाएपछि लहान नर्सिङ होममा ल्याएलगत्तै फरार रहेका चौधरीलाई प्रहरीले आइतबार दिउँसो हनुमाननगरस्थित घरबाट नै पक्राउ गरेको छ । प्रहरीको फन्दामा परेका चौधरीले आफूले श्रीमतीको शरीरमा सलाई कोरेर फालेको स्वीकार गरेको प्रहरी नायव उपरीक्षक डा. दाहालले उल्लेख गरे । 

‘श्रीमतीलाई आगो लगाउने क्रममा चौधरीको पनि दुईवटै खुट्टा जलेको पाइएकाले उपचार गराएर हिरासतमा राखिएको छ,’ उनले भने, ‘सिराहा जिल्ला अदालतमा सोमबार उपस्थित गराएर कर्तव्य ज्यानअन्तर्गतको मुद्दा चलाउँदैछौँ ।’ उनका अनुसार सात वर्षीय एक छोराकी आमासमेत रहेकी मृतकका भाइले प्रहरीमा किटानी जाहेरी दिएपछि सोहीअनुसार कानुनी प्रक्रिया अगाडि बढाइएको र घटनाको अनुसन्धान भइरहेको छ । 

ad
ad