मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ जेठ २२ शनिबार १७:५०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

वामदेव गौतम भन्छन्– राजेन्द्र महतोको मुक्ति आन्दोलनबारे केपी ओलीको अनभिज्ञताले आश्चर्यचकित भएँ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ जेठ २२ शनिबार १७:५०:००

एमाले नेता वामदेव गौतमले उपप्रधानमन्त्री एवं जसपाका नेता राजेन्द्र महतोले सञ्चालन गरिरहेको मुक्ति आन्दोलनका सम्बन्धमा प्रधानमन्त्री केपी ओलीले अनभिज्ञता प्रकट गरेको सुन्दा आश्चर्यचकित भएको बताएका छन् ।

गौतमले शनिबार प्रेस नोट जारी गरी भनेका छन्, ‘राजेन्द्र महतोले अहिले पनि सञ्चालन गरिरहेको कथित आन्दोलन नेपाललाई विखण्डन गर्नेभन्दा अर्को हुन सक्दैन । नेपाललाई विघटन गर्ने आन्दोलनलाई कुनै पनि देशभक्त नेपालीका निम्ति स्वीकार्य हुन सक्दैन । राजेन्द्रजीको त्यो मागलाई अस्वीकार र विरोध मात्र गर्न सकिन्छ । प्रधानमन्त्री ओलीले महतोले सञ्चालन गरिरहेको मुक्ति आन्दोलनका सम्बन्धमा अनभिज्ञता प्रकट गरेको सुन्दा आश्चर्यचकित भएको छु ।’

महतोले संविधानको मर्मविपरीत कार्य गर्नेछैन भनी शपथग्रहण गरेको आधा घन्टा नबित्दै नेपाललाई बहुराष्ट्र र बहुराज्य बनाउने मुक्ति आन्दोलन आपूmले अहिले पनि सञ्चालन गरिरहेको अन्तर्वार्ता सुन्दा अत्यन्त दुःखी भएको गौतमले बताएका छन् । गौतमले भनेका छन्, ‘नेपालको संविधानको धारा ३ मा स्पष्ट लेखिएको छ, नेपाल अनेकौँ विशेषतासहितको राष्ट्र हो । त्यस्तै संविधानको धारा ४ मा स्पष्ट भनिएको छ, अनेकौँ विशेषतासहित नेपाल राज्य हो । यसको अर्थ हो, नेपालमा एउटा मात्र राष्ट्र छ र एउटा मात्र राज्य छ त्यो नेपाल हो ।’