१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७८ जेठ १९ बुधबार १०:२१:००
Read Time : < 1 मिनेट
प्रवास डिजिटल संस्करण

नेपालका लागि युएईका राजदूत र नेपाली बिजनेस काउन्सिलबीच भेटवार्ता

Read Time : < 1 मिनेट
२०७८ जेठ १९ बुधबार १०:२१:००

नेपाली बिजनेस काउन्सिल युएई र नेपालका लागि युएईका  राजदूत साहिद हमदान अल नक्बीबीच भेटवार्ता भएको छ ।
युएईमा रहेर व्यवसायमा लागेका नेपालीहरूको संस्था नेपाली बिजनेस काउन्सिलको आयोजनामा युएईको दुबईमा उक्त भेटवार्ता भएको हो । कार्यक्रममा युएईमा रहेर व्यवसाय गरिरहेका नेपालीहरूको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा काउन्सिलका अध्यक्ष आसिफ अलि सिद्दिकीले स्वागत मन्तव्य राख्दै युएई सरकारले नेपाललाई विभिन्न समयमा हुने समस्याहरूमा सहयोग गरेकोमा धन्यवाद दिएका थिए । 

कार्यक्रममा बोल्दै प्रमुख अतिथि नक्बीले दुई देशबीचको व्यापार विस्तारमा हुने सम्भावना र कोभिडको महामारीमा नेपाललाई सहयोग गर्ने विषयमा युएई सकारात्मक रहेको कुरा बताएका थिए । कार्यक्रममा युएईमा रहेका नेपाली व्यवसायीहरूको परिचय र कोभिडको कारण व्यवसायमा भएको जोखिम र त्यसको न्यूनीकरणको विषयमा छलफल भएको काउन्सिलका महासचिव दीपक पौडेलले नयाँ पत्रिकालाई बताए ।

नेपालबाट दक्ष र प्राविधिक कामदारहरूलाई युएईमा सहज तरिकाले रोजगारीमा आउने व्यवस्था मिलाउने, नेपालको उत्पादन युएई र युएईको उत्पादन नेपालमा सहज तरिकाले आयात–निर्यात गर्न सकिने सम्भावनाको  विषयमा पनि छलफल भएको  पौडेलले बताए । नेपाल बिजनेस काउन्सिल युएईमा रहेर व्यवसायमा लागेका नेपालीहरूको युएईबाट मान्यता प्राप्त संस्था हो ।