१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
एजेन्सी नयाँदिल्ली
२०७८ जेठ १६ आइतबार ०९:२४:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

आइपिएलका बाँकी खेल युएईमा

Read Time : > 1 मिनेट
एजेन्सी नयाँदिल्ली
२०७८ जेठ १६ आइतबार ०९:२४:००

भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) ले १४औँ इन्डियन प्रिमियर लिग (आइपिएल)का बाँकी ३१ खेल युएईमा गर्ने निर्णय गरेको छ । बोर्डको शनिबार सम्पन्न विशेष बैठकले युएईको दुबई, सारजहाँ र अबुधावी सहरमा बाँकी खेल गर्ने निर्णय गरेको टाइम्स अफ इन्डियाले जनाएको छ । बोर्डले आइपिएललाई दोस्रो फेजबाट सुरु गर्ने जनाएको छ ।

अब यो कम्तीमा तीन सातासम्म चल्नेछ । सम्भवतः १८ वा १९ सेप्टेम्बरबाट आइपिएल सुरु हुन सक्छ । यसैगरी, आइपिएलको फाइनल ९ वा १० अक्टोबरमा गर्ने बोर्डको तयारी छ । यही समयमा बिसिसिआईले आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगितासमेत आयोजना गर्नुपर्ने भएकाले आइपिएलको मिति अन्तिम रूप दिन नसकेको हो । सन् २०१४ मा लोकसभाको निर्वाचनका कारण आइपिएलका २० खेल युएई तथा अन्तिम ४० खेल भारतमा भएका थिए । 

कोरोना भाइरस महामारीका कारण १३औँ आइपिएलको पूरै सिजन युएईमै भएको थियो । गत वर्ष तीन फरक रंगशालामा आइपिएलका ६० खेल भएका थिए । त्यसवेला बिसिसिआईले युएईलाई प्रतियोगिता आयोजना गर्न ९८ करोड ५० लाख भारु प्रदान गरेको थियो । 

टी–२० विश्वकपलाई मध्यनजर गरी बिसिसिआईले २१ दिनभित्र सकाउने तयारी गरेको टाइम्स अफ इन्डियाले जनाएको छ । यो तीन साताभित्र प्रतियोगिता सम्पन्न गर्ने हो भने सात लिग चरणका खेल हुनेछ । यसैगरी, डबल हेडर प्रतिस्पर्धा पनि हुन सक्छ । आइपिएल रोकिँदासम्म लोकश राहुल र फाफ डु प्लेसिसले सर्वाधिक चारपटक अर्धशतकीय इनिङ्स खेलेका छन् । यसैगरी, शिखर धवन र पृथ्वी साले पनि तीन–तीनपटक अर्धशतक बनाएका छन् । 

दिल्ली क्यापिटल्सका शिखर धवनले आठ खेलमा सर्वाधिक तीन सय ८० रन बनाएका छन् । यसैगरी, किंग्स ११ पन्जाबका लोकश राहुलले सात खेलमा तीन सय ३१ रन जोडेका छन् । 

प्रतियागिताको लिग तालिकामा दिल्ली क्यापिटल्स १२ अंकका साथ शीर्ष स्थानमा छ । चेन्नई सुपर किंग्स १० अंकका साथ दोस्रो तथा रोयल्स च्यालेन्जर्स बेंग्लोर १० अंकका साथ तेस्रो स्थानमा छ । प्रतियोगिताको साबिक विजेता मुम्बई इन्डियन्सले आठ अंक जोडेको छ । मुम्बई तालिकाको चौथो स्थानमा छ ।