१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख ३१ सोमबार o६:४२:oo
Read Time : < 1 मिनेट
ad
ad
अर्थ प्रिन्ट संस्करण

 १० वर्षमा इन्धन गाडीलाई विद्युतीय सवारीले प्रतिस्थापन गरिने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o६:४२:oo

पेट्रोलियम पदार्थबाट सञ्‍चालन हुने हलुका सवारीसाधनलाई ०८८ सम्ममा विद्युतीय सवारीसाधनले विस्थापित गरिने भएको छ । हलुका सवारीसाधन भन्नाले कार, जिप, भ्यान, पिकअप, मोटरसाइकल, स्कुटर, टेम्पो, पावर टिलर पर्छन् ।  

यसका लागि अवलम्बन गर्नुपर्ने नीति, छुट तथा सुविधा र पूर्वाधार विकासका सम्बन्धमा सुझाब दिन विज्ञसहितको कार्यदल गठन गरिने अर्थमन्त्री विष्णु पौडेलले बजेटमार्फत सार्वजनिक गरेका छन् । पेट्रोलियम पदार्थबाट सञ्‍चालन हुने सवारीसाधनलाई विद्युतीय सवारीसाधनमा रूपान्तरण गरेमा ५ वर्षसम्म नवीकरण शुल्क र सडक निर्माण तथा सम्भार दस्तुर छुट दिने व्यवस्था बजेटले गरेको छ । 

सहरी विकास मन्त्रालयको बजेट अघिल्लो वर्षको तुलनामा वृद्धि भएको छ । अघिल्लो वर्ष ३० अर्ब १५ करोड रहेकोमा यो वर्ष ४१ अर्ब २० करोड रुपैयाँ विनियोजन भएको छ । यो ११ अर्ब रुपैयाँले बढी हो । बजेटले सरकारी स्वामित्वका सभागृह र सम्मेलन केन्द्रलाई सार्वजनिक–निजी साझेदारीमा सञ्‍चालन गर्ने व्यवस्था गर्ने घोषणा गरेको छ ।

त्यस्तै, संघीय संसद्लगायत निर्माणाधीन सरकारी भवन, सम्मेलन केन्द्र र सभागृह निर्माण गर्न ५ अर्ब १५ करोड बजेट व्यवस्था गरेको छ । त्यस्तै, मध्यपहाडी राजमार्ग १२ र हुलाकी राजमार्ग १५ गरी कुल २७ स्थानमा नयाँ सहर विकास गर्न ३ अर्ब ३१ करोड विनियोजन गरेको छ । 

काठमाडाैंको नारायणहिटी संग्रहालयदेखि दशरथ रंगशालासम्मको क्षेत्रलाई अत्याधुनिक सेन्ट्रल पार्कमा विकास गरिने योजना ल्याएको छ । जग्गा एकीकरण विधिबाट काठमाडाैं उपत्यकामा बाहिरी चक्रपथ निर्माण कार्य प्रारम्भ गरिने विषयलाई पुनः दोहोर्‍याएको छ ।  बाहिरी चक्रपथ र सहरसँगको सम्पर्क सुगम बनाउन सम्भाव्य स्थानमा चार लेनको लिंक रोड निर्माण गरिने उल्लेख गरेको छ । 

ad
ad