मेलम्ची खानेपानी आयोजनालाई तीन अर्ब ५१ करोड विनियोजन

शनिबार, १५ जेठ, २०७८
डिजिटल संस्करण

मेलम्ची खानेपानी आयोजनाको दोस्रो चरणको लार्के र याङ्ग्री खोलाबाट दैनिक ३४ करोड लिटर पानी प्रणालीमा ल्याउन सुरुङलगायत अन्य पूर्वाधार निर्माणका लागि तीन अर्ब ५१ करोड  बजेट विनियोजन भएको छ । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै तीन वर्षभित्र दोस्रो चरणको आयोजना सम्पन्न गरिने बताएका छन् । 


काठमाडौं उपत्यकाको खानेपानी वितरणमा उल्लेख्य सुधार गरिने अर्थमन्त्रीले बताएका छन्। एक लाख १० हजार घरधुरीमा पानी वितरण हुनेछ । पानी वितरण दोस्रो चरणमा कीर्तिपुर, पेप्सीकोला, भक्तपुरलगायतका क्षेत्रमा पाइपलाइन विस्तार गरिनेछ । वितरण प्रणाली सुधारका लागि चार अर्व ७९ करोड विनियोजन भएको छ ।

सुझावित समाचार