१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ जेठ १२ बुधबार
  • Friday, 04 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ जेठ १२ बुधबार १७:o५:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

महामारी नियन्त्रणमा अन्तर्राष्ट्रिय सहकार्य नै सबैभन्दा ठूलो औजार : अध्यक्ष तिमिल्सिना

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ जेठ १२ बुधबार १७:o५:oo

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कोरोना महामारी अहिलेको पुस्ताले भोग्नुपरेका सबैभन्दा ठूलो मानवीय संकट भएकाले आपसी सहयोग र अनुभव आदान–प्रदानबाट यसलाई पराजित गर्नुपर्ने बताएका छन् ।

चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागले आयोजना गरेको भर्चुअल बैठकमा अध्यक्ष तिमिल्सिनाले मानवजीवनको रक्षाका लागि आपसी सहयोग र अनुभव आदान–प्रदान महत्वपूर्ण हुने बताए । ‘विश्व नै एक गाउँका रूपमा स्थापित २१औँ शताब्दीको अन्तरनिर्भर विश्वमा कोभिड– १९ जस्तो महामारी परास्त गर्न अन्तर्राष्ट्रिय सहकार्य नै सबैभन्दा ठूलो औजार हो,’ अध्यक्ष तिमिल्सिनाले भनेका थिए, ‘यस महामारीविरुद्धको लडाइँमा महामहिम राष्ट्रपति सी चिनफिङको सबल नेतृत्वमा चीनले अग्रणी भूमिका निर्वाह गरिरहेको छ । महामारीको समयमा राज्यले खेल्नुपर्ने भूमिका, संक्रमण दर तीव्र भएको कोरोनाजस्तो भाइरसको फैलावट रोक्ने विधि ‘लकडाउन’देखि कोभिड प्रतिरोधी खोपको विकासमा चिनियाँ मोडल विश्वाव्यापी भएको छ ।’ 

अध्यक्ष तिमिल्सिनाले नेपालमा पहिलो वेभका वेला तुलनात्मक रूपमा कम क्षति भए पनि दोस्रो वेभको संक्रमण र मृत्युदर नियन्त्रणका लागि अस्पतालको शय्या, अक्सिजन, आइसियू, भेन्टिलेटर, व्यक्तिगत स्वास्थ्य सुरक्षा सामग्री (पिपिई), खोपको व्यवस्थापनका लागि चीनबाट भएको सहयोगका लागि धन्यवाद व्यक्त गरे ।

‘पछिल्लोपटक चीनले उपलब्ध गराएको अक्सिजन सिलिन्डरका कारण मात्रै पनि हजारौँ नेपालीको जीवनरक्षामा सहयोग पुगेको छ,’ उनले भने, ‘चीन सरकारले अनुदानमा उपलब्ध गराएको भेरोसेल खोप लिएका नागरिकमा अब महामारी परास्त गर्न सकिन्छ भन्ने आत्मविश्वास देखिन्छ । अन्य लाखौँ नागरिक त्यस्तै खोपको प्रतीक्षामा छन् ।’

कार्यक्रममा एमालेका महासचिव तथा उपप्रधानमन्त्री ईश्वर पोखरेल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस नेता डा. नारायण खड्कालगायत विभिन्न दलका प्रमुख तथा प्रतिनिधिको सहभागिता थियो । चीनको तर्फबाट विदेश विभागका मन्त्री सोङ ताव र उपमन्त्री चेन झोउलगायतको प्रतिनिधिमण्डल सहभागी थियो ।