मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ जेठ ९ आइतबार
  • Monday, 16 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७८ जेठ ९ आइतबार २o:४९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संसद् विघटनविरुद्ध वाइसिएलको देशभर विरोध प्रदर्शन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ जेठ ९ आइतबार २o:४९:oo

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीले चालेको कदमको विरोधमा नेकपा माओवादी केन्द्रनिकट भ्रातृ संगठन वाइसिएल नेपालले देशभर विरोध प्रदर्शन गरेको छ । वाइसिएलले संसद् विघटनको कदमलाई असंवधानिक प्रतिगामी भन्दै राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेको हो ।
 
काठमाडौं, भक्तपुर, ललितपुरलगायत देशभर पुत्ला दहन गर्ने कार्य भएको वाइसिएल नेपालका अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’ले जानकारी दिए । संकटको घडीमा मध्यराति सुनियोजित तवरले संसद्को हत्या गर्नु प्रधानमन्त्री र राष्ट्रपतिको नालायकी र कायरपन भएको दीपशिखाले बताए । ‘देशी–विदेशी शक्तिको इसारामा देशको बेहाल बनाएर संविधान र जनताको हुर्मत लिने काम प्रधानमन्त्री र राष्ट्रपतिबाट हुनु देशका लागि दुर्भाग्य हो,’ उनले भने । 

उनले अब युवाले नै संविधान र संघर्षबाट प्राप्त उपलब्धिको रक्षा गर्नुपर्ने बताए । उनले सम्पूर्ण युवालाई आफ्नो ठाउँबाट गलत प्रवृत्ति र व्यक्तिको विरोध गर्न अपिलसमेत गरे ।