१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख १८ मंगलबार
  • Tuesday, 30 April, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख १८ मंगलबार १६:२८:oo
Read Time : > 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्री ओलीको दाबी– राष्ट्रपतिको स्वविवेकीय अधिकारमाथि उजुरी लाग्दैन, मोर्चा कस्नुको अर्थ छैन (भिडियोसहित)

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख १८ मंगलबार १६:२८:oo

प्रधानमन्त्री केपी ओलीले राष्ट्रपतिको स्वविवेकीय अधिकारमाथि कुनै पनि किसिमको उजुरी नलाग्ने बताएका छन् । आइतबार सरकारी निवास बालुवाटारमा प्रेस चौतारीआबद्ध पत्रकारसँगको अन्तर्क्रियामा ओलीले राष्ट्रपतिलाई स्वविवेकीय अधिकार प्रयोग गर्ने व्यवस्था संंविधानले नै गरेको भन्दै कुनै उजुरी नलाग्ने बताएका हुन् । राष्ट्रपतिले गरेको निर्णयविरुद्ध मोर्चाबन्दी गरेर मुद्दा हाल्ने प्रयास भइरहेको खबर आफूले सुनेको भन्दै ओलीले जतिजनाले मुद्दा राखे पनि त्यसको अर्थ नरहने बताए । 

उनले भने, ‘मोर्चा कसेर मुद्दा हाल्ने रे ! सच्चाइका लागि एकजनाले हाले पनि धेरैले मोर्चा कसेर हाले पनि त्यही हो । न्याय प्राप्त गर्ने कुरामा मोर्चा कस्नुको कुनै अर्थ हुँदैन । राष्ट्रपतिको स्वविवेकीय अधिकारको प्रयोग गर्ने ठाउँ हो त्यसमा कुनै उजुरी लाग्दैन ।’

कांग्रेस सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री बन्न अरू दलका सांसदहरूको किर्ते हस्ताक्षर गरेर लगेको दाबी ओलीको छ । उनले भने, ‘कर्ते नाम लिएर राष्ट्रपतिकोमा जानु, प्रधानमन्त्री बन्न अरू पार्टीमा बागी, विद्रोही सिर्जना गर्नु,  नेकपा एमालेका केहीलाई उकासेर, धेरैले आफूले हस्ताक्षर नगरेको भनेर विज्ञप्ति निकालेका छन् । लोकतन्त्र भनेको अनुशासित प्रणाली हो, अराजकता होइन । अनुशासनहीनता होइन । जसपाबाट ३२ सांसद भएको ठाउँमा १२ जनालाई हस्ताक्षर गराएर, पार्टी अनुशासन तोडाएर, विभिन्न खालका अनुचित हतकण्डाहरू प्रयोग गरेर । यो परिपाटी बसाउँदै जाने हो भने हामी कहाँ पुग्छौँ ?’

उनले संसदीय गणितमा फोहोरी खेल भएको र सांसद किनबेच हुने प्रवृत्ति छताछुल्ल भएको पनि जिकिर गरे । उनले भने, ‘संसद्को मौजुदा गणित फोहोरी खेलको माध्यम भयो । देशको आवश्यकता र संसद्को मौजुदा गणित भिन्न भयो । दलीय अनुशासनको कुनै अर्थ छैन । विकेर विपक्षी दलको प्रधानमन्त्री बनाउने भनेर कुदेको छ । पवित्र गौदान गर्न कुदेको होला ? संसदमा गणित असक्त र भद्रगाेल भइसकेको हालैका स्थितिले देखाएको छ । आफ्नो र महन्थ ठाकुर र राजेन्द्र महत्वको हस्ताक्षरसहितको समर्थनमा एक सय ५३ सिटको दाबी लिएर म राष्ट्रपतिज्यूकोमा गएँ । संसद् विघटन नहोस्, वैकल्पिक सरकार दिन सकियोस् भनेर ।’

वैकल्पिक सरकारका लागि कहीँ कतै अवरोध नभएको र दुवै पक्षले तोकिएको समयमा आफ्नो दाबी गरेको भन्दै उनले समयलाई लिएर आलोचना गर्नु आलोचनाका लागि आलोचना मात्रै भएको बताए । 
 

ad
ad