Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७८ जेठ ९ आइतबार १४:१७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

लमजुङमा अक्सिजन प्लान्ट जडान

Read Time : < 1 मिनेट
२०७८ जेठ ९ आइतबार १४:१७:००

जिल्ला अस्पताल लमजुङमा अक्सिजन प्लान्ट जडान गरिएको छ । अस्पतालमा शनिबार साँझ अक्सिजन प्लान्ट जडान गरिएको अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले बताए । उनका अनुसार प्लान्टले ‘२४ घन्टामा १५ थान ठूलो सिलिन्डरबराबरको अक्सिजन उत्पादन गर्नेछ  । 

प्रमुख श्रेष्ठले भने, ‘अक्सिजन उत्पादन हुने प्लान्ट जडान भएको छ, परीक्षण पनि भइसक्यो, आइतबारबाट उत्पादन हुन्छ ।’ उत्पादित अक्सिजनलाई पाइपलाइनमार्फत आइसियू, आइसोलेसन, इमर्जेन्सी, अन्तरंग (वार्ड) र प्रसूति वार्डमा पठाइएको अस्पताल प्रमुख श्रेष्ठको भनाइ छ । अस्पतालले पाइपलाइनलाई ८२ बेडमा जोडेको छ ।  

अक्सिजन प्लान्टका लागि गण्डकी प्रदेश सरकारले गत मंसिरमा ७५ लाख रुपैयाँ पठाएको थियो । चैत पहिलो साताबाट भारतले अक्सिजनजन्य सामग्री निर्यातमा रोक लगाएपछि प्लान्ट ल्याउने जिम्मा पाएको ओटु कन्सर्नको काममा ढिलाइ भएको स्वास्थ्य कार्यालय प्रमुख अमर दवाडीले बताए । भारत सरकारले अक्सिजनजन्य सामग्री निर्यातमा प्रतिबन्ध लगाएपछि यो काम समयमै हुन नसकेको प्रमुख दवाडीको भनाइ छ ।  

कोरोना संक्रमितको संख्या वृद्धि भएपछि अक्सिजन अभाव भएकाले अक्सिजन प्लान्ट जोडिएको प्रमुख दवाडीले बताए ।  गण्डकी प्रदेश सरकारको आर्थिक सहयोग जिल्ला अस्पताल लमजुङ र स्वास्थ्य कार्यालय लमजुङको समन्वयमा अक्सिजन प्लान्ट जडान गरिएको हो । जिल्लामा शनिबारसम्म ३७९ पुगेको छ भने कोरोनाबाट पाँचजनाको मृत्यु भइसकेको छ ।