मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ जेठ ४ मंगलबार
  • Tuesday, 15 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ जेठ ४ मंगलबार १८:५६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जसपा एकढिक्का भए अझै पनि वैकल्पिक सरकारको सम्भावना छ : रामचन्द्र पौडेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ जेठ ४ मंगलबार १८:५६:oo

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले जसपा एकढिक्का भएर आए अझै पनि वैकल्पिक सरकारको सम्भावना रहेको बताएका छन् । ‘हामी अझै पनि छलफलमा छौँ, जसपा एकढिक्का भएर वैकल्पिक सरकारको पक्षमा निर्णय दिए वैकिल्पक सरकार बन्न सक्छ,’ पौडेलले भने, ‘यो महामारीमा जनताको जीवनरक्षाको लागि भए पनि वैकल्पिक सरकारको खाँचो छ, संविधान, लोकतन्त्र र अहिलेको व्यवस्था बचाउनका लागि पनि यो सरकारको विकल्प खोज्नैपर्ने अवस्था छ ।’

कांग्रेसको कोभिड– १९ अनुगमन समितिले मंगलबार गरेको प्रदेश १ का नेता कार्यकर्तासँगको छलफलमा नेता पौडेलले वर्तमान सरकारले महामारीको यस्तो वेलामा पनि जनताको जीवनरक्षाको विषयलाई प्राथमिकतामा राख्न नसकेको बताए । ‘ओलीजी चुनावको रटान लगाएर हिँड्नुभएको छ । चुनाव गर्नलाई पनि जनता बाँच्नुपर्छ । जनतालाई बचाउनतिर सरकारको ध्यान गएको छैन, अस्पतालमा बेड छैनन्, अक्सिजन छैन, भेन्टिलेटर छैन, यो अभावका बीच जनताले कसरी उपचार पाउँछन् ?’ पौडेलले प्रश्न गर्दै भने, ‘सरकार छ भनेर भरोसा गर्ने वेला छैन, त्यसैले म सबै साथीहरूलाई आफू बाँचेर जनतालाई बचाउने कार्यमा लाग्न आग्रह गर्दछु ।’ नेता पौडेलले राष्ट्रिय सहमतिको सरकार बनाएर भए पनि जनतालाई विपत्तिबाट जोगाउन लाग्नुपर्ने आवश्यकता रहेको बताए ।