मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ जेठ ४ मंगलबार
  • Wednesday, 08 January, 2025
२o७८ जेठ ४ मंगलबार ११:o२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

संक्रमितको शव जलाउन १८ हजार 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ जेठ ४ मंगलबार ११:o२:oo

चितवनमा कोरोनाका कारण मृत्यु भएका व्यक्तिको शव अन्त्येष्टि गर्न १८ हजार रुपैयाँ लाग्ने भएको छ । यसअघि २८ हजार रुपैयाँ तिर्नुपर्ने प्रावधान हटाउँदै जिल्ला प्रशासन कार्यलयले १८ हजार रुपैयाँमा नै शव जलाउन निर्देशन दिएको हो । 

चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेका अनुसार शुल्कको बारेमा जानकारी आएपछि सम्बन्धित निकायसँगको छलफलबाट तत्कालका लागि  १८ हजार रुपैयाँ निर्धारण भएको हो । ‘त्यो रकम महँगो हो । कसरी घटाएर उचित वा निःशुल्कमा काम गर्न सकिन्छ भनेर छलफलमा छु,’ उनले भने । 

देवघाट क्षेत्र विकास समितिले शव जलाउने पुरानो ठाउँभन्दा वर दियालोबंगलानजिक नारायणी नदी किनारमा संक्रमितको दाहसंस्कार गर्न ठाउँ उपलब्ध गराएको छ । शववाहनचालक सूर्यबहादुर कुमालले गत वर्षझैँ यस वर्ष पनि चितवन र चितवनका अस्पतालमा मृत्यु घोषणा भएका कोरोना संक्रमित बोक्ने गर्छन् । 

देवघाट क्षेत्र विकास समितिका धिरनबाबु घिमिरे समितिले संक्रमितको शव जलाउन ठाउँ मात्रै तोकेको र अन्य भूमिका नभएको बताउँछन् । यद्यपि दाहसंस्कार गर्न एक चाङ दाउरा तीन हजार पाँच सय रुपैयाँ शुल्क लिएर उपलब्ध गराएको उनले बताए । यहाँ चैतमा दुई, वैशाखमा ९४ र जेठ ३ गते दिउँसो दिउँसो २ बजेसम्म ३२ जना कोरोना संक्रमितको  शव जलाइएको छ ।