१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ जेठ १ शनिबार
  • Thursday, 03 July, 2025
२o७८ जेठ १ शनिबार १७:५९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आफ्नै अक्सिजन प्लान्ट भएको अस्पतालले भर्ना लिदिन भन्नु दुःखद : एमाले नेता कँडेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७८ जेठ १ शनिबार १७:५९:oo

नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलले अक्सिजन प्लान्ट भएको कर्णाली प्रदेश अस्पतालले कोरोनाका बिरामी भर्ना नलिने सूचना प्रकाशन गर्नु दुःखद कुरा भएको जनाएको छ । संसदीय दलका नेता यामलाल कँडेलले शनिबार विज्ञप्ति जारी गर्दै प्रदेश सरकारमातहतमा रहेको कर्णालीको राजधानी वीरेन्द्रनगरस्थित अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट हुँदाहुँदै पनि अक्सिजनका अभावका थप बिरामी भर्ना नलिने सूचना प्रकाशित हुनु दुःखद भएको बताएका हुन् ।

कर्णालीको सुविधासम्पन्न अस्पतालमा अक्सिजनको अभाव हुनुले कर्णालीका अन्य अस्पतालको हालत के होला भन्ने प्रश्न पनि उनले गरेका छन् । ‘सुविधासम्पन्न भनिएको कर्णाली प्रदेश अस्पतालको अवस्था यस्तो छ भने बाँकी जिल्ला अस्पतालहरूको अवस्था कस्तो होला । आफैँ अनुमान गर्न सकिन्छ ।’ उनले विज्ञप्तिमा भनेका छन्, ‘कर्णाली प्रदेश सरकारसँग स्रोतको कमी छैन । संघीय सरकारसँग समन्वय गरेर आफ्नो प्रदेशमा सहयोग जुटाउने दायित्व प्रदेश सरकारको नै हो । आपूmसँग भएको स्रोतको उचित परिचालन गर्न नसक्ने, अरूको सहयोग पनि लिन नसकेकाले आजको परिस्थिति उत्पन भएको हो ।’ 

कोरोना महामारीको अन्त्य नभएको र आउँदा दिनमा झन् कष्टकर हुने संकेत देखापरेकाले नागरिकको रक्षा पहिलो भएको कँडेलले बताए । ‘तत्कालीन र भविष्यमा आउन सक्ने जटिल परिस्थितिलाई मध्यनजर गर्दै अक्सिजन प्लान्ट स्थापना, आइसियू र भेन्टिलेटरसहित बेड, चिकित्सक, स्वाथ्यकर्मी र आवश्यक औषधिको उचित व्यवस्थापनमा लाग्न प्रदेश सरकारको ध्यानाकर्षण गराउँदछौँ ।’ उनले भने, ‘यसमा सहयोग गर्न संघीय सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र सरोकारवाला सबैमा हार्दिक आह्वान गर्छौँ ।’