१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ बैशाख २९ बुधबार
  • Friday, 05 July, 2024
रमेश रावल वीरेन्द्रनगर
२o७८ बैशाख २९ बुधबार १५:o१:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

कर्णालीमा दुई मन्त्रीद्वारा राजीनामा, तीन मन्त्री थपिए

Read Time : < 1 मिनेट
रमेश रावल, वीरेन्द्रनगर
नयाँ पत्रिका
२o७८ बैशाख २९ बुधबार १५:o१:oo

कर्णाली प्रदेश सरकारका दुई मन्त्रीले राजीनामा दिएका छन् । आर्थिक मामिला तथा योजनामन्त्री विमला केसी र आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले राजीनामा दिएका हुन् । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसमक्ष मन्त्रीद्वय भण्डारी र केसीले राजीनामा बुझाएका हुन् । 

मुख्यमन्त्रीसमक्ष आफूहरूले राजनीनामा दिएको मन्त्री केसीले बताइन् । ‘हामीले त राजीनामा बुझाइसक्यौँ,’ उनले भनिन्, ‘अरूलाई अवसर दिनका लागि राजीनामा दिएका हौँ ।’

तीन मन्त्री थपिए
दुईजना मन्त्रीले राजीनामा दिएपछि मुख्यमन्त्री शाहीले आफ्नै पार्टी माओवादी केन्द्रका तीनजनालाई मन्त्री बनाएकाे मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएका छ । नयाँ नियुक्त गरिएका मन्त्रीहरूमा रुकुम पश्चिमबाट निर्वाचित गोपाल शर्मा, सुर्खेत पश्चिमबाट निर्वाचित विन्दमान विष्ट र प्रमुख सचेतकसमेत रहेकी सीता नेपाली रहेका छन् । 

मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार भीमप्रकाश शर्माले मन्त्रिपरिषद् हेरफेर भएको बताए । आर्थिक मामिला योजनामन्त्रीमा गोपाल शर्मा र आन्तरिक मामिला तथा कानुनमन्त्रीमा विन्दमान विष्ट तथा भौतिक पूर्वाधार मन्त्रालयलाई फुटाएर जलस्रोत मन्त्रालयमा सीता नेपालीलाई नियुक्त गरिएको छ । तीनैजना मन्त्रीलाई बुधबार नै शपथ खुवाउने तयारी रहेको छ । 

ad
ad
ad
ad