मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत ६ मंगलबार
  • Tuesday, 19 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख २८ मंगलबार ०६:२०:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

यामाहाको स्कुटरले जित्यो ‘स्कुटर अफ द इयर’ अवार्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख २८ मंगलबार ०६:२०:००

टू–ह्विल ब्रान्ड यामाहाले बाइक इन्डिया अवार्डमा ‘स्कुटर अफ द इयर २०२१’ प्राप्त गरेको छ । यामाहा रेजेडआर १२५ एफआई मोडेलको स्कुटरले स्टुटर अफ द इयर अवार्ड जितेको हो । 

‘फ्युल इन्जेक्सटन’ (एफआई) प्रविधिको उक्त स्कुटर यामाहाले गत वर्ष सेप्टेम्बरदेखि नेपालमा उपलब्ध गराउँदै आएको जनाइएको छ । उक्त स्कुटर ‘फास्टेस्ड पिकअप’ भएको र यसले ७.५९ सेकेन्डमा शून्यदेखि ६० किलोमिटर प्रतिघन्टाको गति लिन सक्ने कम्पनीले जनाएको छ । यसको माइलेज सेग्मेन्टमै सबैभन्दा बढी ५८ किलोमिटर प्रतिघन्टा रहेको जनाइएको छ । यसमा ‘स्टप एन्ट स्टार्ट सिस्टम’, ‘साइड स्ट्यान्ड इन्जिन कट अफ स्विच’ जस्ता एक्सक्लुसिभ फिचरहरू रहेको कम्पनीको दाबी छ । यसको कर्बवेट ९९ किलोग्राम मात्र रहेको छ र यसमा एफआई प्रविधि र बिएस ६ इन्जिन रहेको जनाइएको छ । 

यसमा ‘वाई’ आकारको एलइडी लाइट, नयाँ ‘डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर’, ‘क्वायट स्टार्ट अप’का लागि स्मार्ट मोटर जेनेरेटर र ‘युनिफाइड ब्रेकिङ सिस्टम’ रहेको जनाइएको छ । भारत विश्वकै सबैभन्दा ठूलो टू–ह्विलर बजार भएको र भारतकै सबैभन्दा प्रतिष्ठित अवार्ड जितेर यामाहा रेजेडआर १२५ एफआईले आफूलाई विश्वकै सर्वोत्कृष्ट स्कुटर भएको साबित गरेको कम्पनीले जनाएको छ ।