१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख २६ आइतबार ०६:५६:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एनसेलका विभिन्न राहत प्याक अफर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख २६ आइतबार ०६:५६:००

कोभिड–१९ को दोस्रो लहरले सिर्जना गरेको अप्ठ्यारो परिस्थितिमा ग्राहकलाई राहत पुर्‍याउने उद्देश्यले एनसेलले विभिन्न राहत प्याक अफर ल्याएको छ । कम्पनीले प्रत्येक रिचार्जमा बोनस, डेटा सेवामा आकर्षक बोनस, घरबाटै काम गर्न र अनलाइन कक्षाका लागि प्याकहरू र एनसेल सापटीमा विभिन्न थप सुविधालगायतका अफर ल्याएको हो । 

रिचार्जमा बोनस डेटा
यस अफरअन्तर्गत ग्राहकले ५० रुपैयाँ वा सोभन्दा माथिको हरेक रिचार्जमा बोनस डेटा पाउने कम्पनीले जनाएको छ । ९९ रुपैयाँसम्मको रिचार्जमा १ दिन मान्य हुने ५० एमबी, १ सय ९९ रुपैयाँसम्मको रिचार्जमा २ सय एमबी, २ सय ९९ रुपैयाँसम्मको रिचार्जमा २ सय एमबी डाटा प्रदान गरिने जनाइएको छ । त्यस्तै, ४ सय ९९ रुपैयाँसम्मको रिचार्जमा ३ सय एमबी, ९ सय ९९ रुपैयाँसम्मको रिचार्जमा ५ सय एमबी र १ हजार रुपैयाँ वा बढीको रिचार्जमा १ हजार एमबी डेटा बोनसका रूपमा प्रदान गर्ने कम्पनीले जनाएको छ । 
 
प्याकमा डबल डेटा
यस अफरअन्तर्गत ग्राहकले ३० दिने डेटा प्याकको खरिदमा प्याकमा पाइने भोल्युमबराबर नै थप डेटा बोनसस्वरूप प्राप्त गर्ने जनाइएको छ । जसमा २ सय ४९ रुपैयाँमा ३.५ जिबी, ३ सय ९९ रुपैयाँमा ६ जिबी र ४ सय ९९ रुपैयाँमा १० जिबी डेटा खरिद गर्नेले क्रमशः जम्मा ७ जिबी, १२ जिबी र २० जिबी डेटा पाउने कम्पनीले जनाएको छ । 

वर्क फ्रम होम अफर
कार्यालयको कामकाज तथा पढाइको काम घरबाटै गर्नुपर्ने ग्राहकका लागि कम्पनीले ३१ रुपैयाँमा २ जिबी डेटा अफर ल्याएको छ । यो डेटामार्फत माइक्रोसफ्ट टिम्स, जुम तथा गुगल मिटजस्ता प्लेटफर्म बिहान ६ बजेदेखि बेलुका ६ सम्म प्रयोग गर्न सकिने जनाइएको छ । यसका साथै ग्राहकले १५० एमबी अल टाइम डेटा पनि प्राप्त गर्ने कम्पनीले जनाएको छ । साप्ताहिक प्याकअन्तर्गत १ सय २७ रुपैयाँमा १४ जिबी एप डेटा तथा ३ जिबी अल टाइम डेटा प्रयोग गर्न सक्ने जनाइएको छ । 

डिजिटल खरिदमा बोनस
ग्राहकले एनसेल एप, च्याटबोट र वेबसाइट डिजिटल प्लेटफर्ममार्फत एनसेलका सेवा तथा सुविधा लिन सक्ने जनाइएको छ । डिजिटल प्लेटफर्ममार्फत सेवा खरिद गर्दा विभिन्न बोनसबाट पनि लाभ लिन सक्ने जनाइएको छ । यसका साथै कम्पनीले सापटी सेवामा पनि थप सुविधा दिएको जनाएको छ ।