१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख २४ शुक्रबार १९:३६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कोभिडका बिरामीलाई ललितपुरमा एम्बुलेन्स निःशुल्क 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख २४ शुक्रबार १९:३६:००

कोभिड– १९ का बिरामीलाई ललितपुरमा एम्बुलेन्स निःशुल्क उपलब्ध गराइने भएको छ । ललितपुरका निमित्त प्रमुख जिल्ला अधिकारी  ललितकुमार बस्नेतको अध्यक्षतामा  सरोकारवालासँग बसेको बैठकले यस्तो निर्णय गरेको हो ।   

बैठकको निर्णयमा भनिएको छ, ‘कोभिड बिरामीका लागि १०२ नम्बरमा सम्पर्क गर्न अनुरोध गर्ने र एम्बुलेन्स सेवा  नि:शुल्क रुपमा उपलब्ध गराउने । कोभिड– १९ का बिरामी बोक्न प्रयोग गरिएको डेडिकेटेट एम्बुलेन्सका लागि लागेको खर्च  जुन पालिकाको क्षेत्रबाट बिरामी अस्पतालसम्म पुर्‍याइनेछ सोही स्थानीय तहले नै व्यहोर्ने व्यवस्था गर्ने र यसका लागि सम्बन्धित पालिका प्रमुखसँग छुट्टै बसी थप निर्णय गर्ने ।’

बैठकले जिल्लाभरिका एम्बुलेन्सलाई १०२ मा आबद्ध गराउने निर्णय पनि गरेको छ । ललितपुर जिल्लामा सञ्चालनमा रहेका एम्बुलेन्सलाई अनिवार्य रूपमा वैशाख मसान्तभित्र जिपिएस जडान गर्न लगाउने निर्णयसमेत भएको छ । त्यसका लागि रेडक्रस सोसाइटी ललितपुर शाखाले समन्वय गर्ने र सोको अनुगमन गरी तत्पश्चात् जिपिएस जडान नभएका एम्बुलेन्स सञ्चालन रहेको पाइएमा नियमानुसार कारबाही गर्ने र जिपिएस जडान नभएका एम्बुलेन्स ललितपुर जिल्लामा सञ्चालनमा रोक लगाउने निर्णय भएको सहायक सिडिओ बस्नेतले बताए ।