१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख २४ शुक्रबार १३:५३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नयाँ पत्रिकाकर्मी पाण्डेसहित १२ जनालाई राष्ट्रिय पत्रकारिता पुरस्कार 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख २४ शुक्रबार १३:५३:००

नयाँ पत्रिकाकर्मी शुरोजंग पाण्डे  सहित १२ जना राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मानित हुने भएका छन् ।  छैठौं राष्ट्रिय पत्रकारिता दिवसका अवसरमा सरकारले प्रदान गर्ने जनही एक/एक लाख राशीको सो पुरस्कार पाण्डेसहित १२ जनालाई प्रदान गर्ने निर्णय भएको संचार तथा सूचना प्रविधि मन्त्रालयले शुक्रवार आयोजित कार्यक्रममा घोषणा गरेको हो । पाण्डे करिब दुई दशकदेखि पत्रकारितामा क्रियाशील छन् । 

हरेक वर्ष नियमित रुपमा प्रदान गरिने वरिष्ठ पत्रकार सम्मान र राष्ट्रिय पत्रकारिता पुरस्कार गत वर्ष कोभिड संक्रमणका कारण घोषणा गरिएको थिएन । २०७६ र २०७७ दुवै वर्षको पुरस्कारबाट यस वर्ष वरिष्ठ पत्रकार सम्मान २/२ सहित ४ जनालाई तथा राष्ट्रिय पत्रकारिता पुरस्कार १२ जनालाई प्रदान गरिने घोषणा भएको छ । कोरोना महामारीका कारण पुरस्कार वितरण परिस्थिति सामान्य बनेपछि गरिने मन्त्रालयले शुक्रवार आयोजित भर्चुअल कार्यक्रममार्फत जनाएको छ ।

कार्यक्रममा संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ, मन्त्रालयका सचिव हरिप्रसाद बस्याल लगायतले पुरस्कृत पत्रकारहरुलाई बधाई दिए । विगतमा भने राष्ट्रपति कार्यालयमा आयोजना गरिने कार्यक्रममा राष्ट्रपतिबाट सो पुरस्कार वितरण गर्ने प्रचलन थियो ।

जसअनुसार वरिष्ठ पत्रकार सम्मानबाट अग्नि शिखा (मरणोपरान्त), हर्ष सुब्बा, रघु मैनाली र शार्दुल भट्टराई सम्मान गर्ने निर्णय भएको संचार मन्त्रालयले जनाएको छ । वरिष्ठ पत्रकारिता पुरस्कार प्राप्त गर्ने पत्रकारले जनही २ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

त्यसैगरी, राष्ट्रिय पत्रकारिता पुरस्कारबाट नयाँ पत्रिकाकर्मी पाण्डेसहित पत्रकारहरु उजीर मगर, मातृका पौडेल, दिलिप थापामगर, सितल साह, संगिता खड्का, शेषराज दाहाल, हेमन्त विक, दुर्गाप्रसाद शर्मा , दिपेन न्यौपाने, नितु पण्डित र पुनम पौडेल पुरस्कृत हुने मन्त्रालयले जनाएको छ ।