मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
सोनी राई सोलुखुम्बु
२०७८ बैशाख २३ बिहीबार १२:४२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

तेन्जिङ हिलारी विमानस्थल लुक्लाले उडानको अनुमति पायो

Read Time : < 1 मिनेट
सोनी राई सोलुखुम्बु
२०७८ बैशाख २३ बिहीबार १२:४२:००

सोलुखुम्बुको अति व्यस्त तेन्जिङ हिलारी विमानस्थल लुक्लाले उडान अनुमति पाएपछि पर्यटन व्यवसायीमा खुसी छाएको छ । आरोहण सिजन भएकाले हजारौँको संख्यामा रहेका आरोही तथा तिनका सहयोगीलाई फर्कनका लागि तेन्जिङ हिलारी विमानस्थल लुक्लामा उडानको अनुमति दिइएको हो । 

आरोहणको उचित समयको पर्खाइमा आधार शिविरमा अहिले रहेका आरोही तथा सहयोगीहरूलाई असहज अवस्थामा उद्धार गर्न तथा  आरोहणबाट फर्कनेहरूलाई काठमाडौं लैजानुपर्ने भएकाले अनुमति पाएको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाले जनाएको छ ।

उडान अनुमतिले आरोहणपश्चात् फर्कन तथा फाटफुट रूपमा आएका पर्यटकलाई फर्कन सजिलो हुने आधार शिविरका सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले बताए । त्यस्तै, सेभेन समिट क्लबका प्रमुख ङिमागेलु शेर्पाले लुक्लालाई उडान अनुमति दिनु राम्रो काम भएको भन्दै खुसी व्यक्त गरे । 

नेपाल वायुसेवा कम्पनीले आपतकालीन अवस्थामा काठमाडौंबाहेक बाहिरका लुक्लाको तेन्जिङ हिलारी, पोखरा, नेपालगन्ज र सुर्खेत नागरिक उड्डयन कार्यालय गरी थप चार विमानस्थल कार्यालयबाट आकस्मिक उडानको अनुमति लिन सकिने भएको हो ।

यसअघि काठमाडौंबाट मात्र आकस्मिक उडानका लागि अनुमति दिने व्यवस्था रहेको थियो । त्यस अवस्थामा वायुसेवा कम्पनीहरूले अब लुक्लास्थित नागरिक उड्डयन प्राधिकरणको कार्यालयबाटै उडान अनुमति लिएर पर्यटकको उद्धार गर्न सक्ने प्राधिकरणले जनाएको छ  ।