मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
कञ्चनपुरको भीमदत्त नगरपालिका ८ तिलाचौर स्थित जगदम्बा ईँटाभट्टामा बालकको मृत्यु भएपछि स्थानीय आन्दोलित 
मोहन विष्ट कञ्चनपुर
२०७८ बैशाख २३ बिहीबार ११:४५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कोइला पिस्ने मेसिनमा परी बालकको मृत्यु 

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
२०७८ बैशाख २३ बिहीबार ११:४५:००

कञ्चनपुरको एक इँटाभट्टामा दैनिक ज्यालादारीमा कार्यरत बालकको मृत्यु भएको छ । गएराति भीमदत्त नगरपालिका– ८ तिलाचौरस्थित जगदम्बा इँटाभट्टामा कार्यरत १३ वर्षीय बालक अर्जुन पुजाराको मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक लालबहादुर बमले कोइला पिस्ने मेसिनमा परी बालकको मृत्यु भएको बताए । भीमदत्त नगरपालिका– १० तिलाचौरका बालक सिद्धनाथ माध्यमिक विद्यालय कक्षा ८ मा अध्ययनरत थिए । कोइला पिस्ने मेसिनमा बालकको टाउको र शरीर अलग भएको छ । 

लकडाउनका कारण विद्यालय बन्द भएपछि बालक इँटाभट्टामा सातादेखि दैनिक ज्यालादारीमा काम गर्दै आएको प्रहरीले जनाएको छ । मृतक परिवार, स्थानीयले भने इँटाभट्टाजस्तो गम्भीर प्रकृतिका भारी काममा बालकलाई मजदुरीका लागि काममा खटाएर बालश्रम शोषण गरेको भन्दै सञ्चालकमाथि कारबाहीको माग अघि सारेका छन् । बालकलाई श्रममा लगाउनेमाथि कारबाहीको माग अघि सार्दै स्थानीयले इँटाभट्टा घेराउ गर्दै विरोध गरेका थिए । 

मृतक बालकको शव महाकाली अस्पतालमा ल्याइएको छ । तर, मृतक पीडित पक्षले भने दोषीउपर कारबाही नहुँदासम्म शव नबुझ्ने अडान लिएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।