मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७८ बैशाख २३ बिहीबार
  • Wednesday, 09 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७८ बैशाख २३ बिहीबार o६:२८:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

मध्य–भोटेकोसीको आइपिओ आइएमई पेबाट भर्न सकिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७८ बैशाख २३ बिहीबार o६:२८:oo

आइएमई ग्रुपअन्तर्गतको ‘आइएमई पे’ एपबाट मध्य–भोटेकोसी जलविद्युत् आयोजनाको आइपिओमा आवेदन दिन सकिने भएको छ । दोस्रो भेरियन्टको कोरोना संक्रमण बढ्दै जाँदा जारी रहेको निषेधाज्ञाका कारण हिँडडुलमा समेत समस्या रहेको अवस्थालाई मध्यनजर गर्दै आयोजना प्रभावित सिन्धुपाल्चोकका स्थानीय वासिन्दालाई लक्षित गरी जारी गरेको आइपिओमा आवेदन दिन सकिने व्यवस्था मिलाएको हो ।

आयोजनाको आइपिओ बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पारसमणि ढकालले आयोजना प्रभावित क्षेत्रका डिम्याट खातावाहक बासिन्दाले आइएमई पेमार्फत आवेदन दिन सक्ने बताए । अन्यलाई आवेदन दिनका लागि अर्को व्यवस्था गरिने उनको भनाइ छ । 

आइएमई पे डाउनलोड गरेपछि त्यसमा व्यक्तिगत विवरण र केवाइसी फाराम भरेपछि आइपिओका लागि आवेदन गर्न सकिने कम्पनीले जनाएको छ । यसरी आइपिओ भर्दा अतिरिक्त शुल्क नलाग्ने कम्पनीले जनाएको छ । मध्य–भोटेकोसीले वैशाख २१ गते मंगलबारदेखि आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आइपिओ निष्कासन बिक्री खुला गरेको छ ।