मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख २१ मंगलबार १०:३३:००
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

नेपालका मुद्राहरूबारे जानकारी दिने पुस्तक सार्वजनिक 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख २१ मंगलबार १०:३३:००

नेपाल राष्ट्र बैंकमा कार्यरत श्याम खतिवडाको ‘नेपालका आधुनिक मुद्राहरू : एक समीक्षा’ पुस्तक प्रकाशित भएको छ । राष्ट्र बैंकमा आयोजित कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले खतिवडाको पुस्तक सार्वजनिक गरेका हुन् ।

पुस्तकमा नेपालको मुद्रासम्बन्धी विभिन्न विषय समेटिएकाले पुस्तक संग्रहणीय भएको गभर्नर अधिकारीले बताए । ‘नेपाली मुद्राबारे यति विस्तृतमा लेखिएको पुस्तक सायद यही पहिलो हो, बैंक तथा वित्तीय क्षेत्रसँग चासो राख्नेलाई यो पुस्तक निकै उपयोगी छ,’ पुस्तक सार्वजनिक गर्दै गभर्नर अधिकारीले बताए । 

पुस्तकमा लिच्छवीकालीन मुद्रादेखि हालसम्मका मुद्राहरूका बारेमा व्याख्या गरिएको छ । तीन खण्डमा विभाजित पुस्तकमा पहिलो खण्डमा नेपाली मुद्राको इतिहासका विभिन्न कालखण्डको व्याख्या गरिएको छ । छिल्लवीकालीन, मल्लकालीन, शाहकालीन मुद्राहरूको विकासक्रम मात्रै होइन, सिक्काको विकल्पमा कागजी नोटको खोजीको विषयलाई पनि उल्लेख गरिएको छ ।

त्यस्तै, नेपाली मुद्राको प्रचलनमा नेपाल राष्ट्र बैंकको भूमिकाबारे समेत प्रकाश पारिएको छ । मुद्रा निष्कासनको प्रक्रियाबारे पनि यहाँ उल्लेख गरिएको छ । यही खण्डमा हालसम्म निष्कासन भएका कागजी नोटहरूको सचित्र विवरण पनि छ । 

पुस्तकको दोस्रो खण्डमा नेपालका विभिन्न कालमा निष्कासित भएका संस्मरणात्मक सिक्काहरूबारे विस्तृतमा उल्लेख छ । तेस्रो खण्डका प्राविधिक विवरणबारे चर्चा गरिएको छ । पुस्तकमा हाल जीवित रहेका नेपाल राष्ट्र बैंकका गभर्नरहरूको संस्मरण पनि समेटिएको छ । २९० पृष्ठ लामो पुस्तकको प्रकाशन भगवती खतिवडाले गरेकी हुन् ।