मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
दीपक भट्ट रामेछाप
२०७८ बैशाख २० सोमबार १०:५५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आगलागीमा परी वृद्ध दम्पतीको  मृत्यु

Read Time : < 1 मिनेट
दीपक भट्ट, रामेछाप
२०७८ बैशाख २० सोमबार १०:५५:००

रामेछापमा आगलागीमा परी वृद्ध दम्पतीको मृत्यु भएको छ । उमाकुण्ड गाउँपालिका– २ वाम्ती लहरेटोलका मनोहर कार्कीको घरमा गएराति भएको आगलागीमा परी श्रीमान् र श्रीमतीको ज्यान गएको हो । 

राति करिब १२ बजे भएको आगलागीमा परी ७८ वर्षीय धनबहादुर कार्की र ६८ वर्षीया सीता कार्कीको घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरीक्षक नवराज ढुंगानाले जानकारी दिए ।
 
उनका अनुसार ढुंगामाटोले बनेको दुईतले घरमा राति अकस्मात आगलागी भएपछि छोरा ३५ वर्षीय मनोहर कार्की, उनकी श्रीमती ३२ वर्षीया कल्पना कार्की र ३ वर्षीया  छोरी स्मारिका कार्की भने घरको ढोका फुटाएर हाम फालेर बाँच्न सफल भएको प्रहरी नायव उपरीक्षक ढुंगानाले बताए ।

के कारणले आगो लाग्यो भन्ने यकिन नभएको प्रहरीको भनाइ छ ।