१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख २० सोमबार ०९:००:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नेपाल सुपर लिग ललितपुर अझै जितविहीन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख २० सोमबार ०९:००:००

फेरि अर्काे बराबरीको नतिजा व्यहोरेपछि नेपाल सुपर लिग (एनएसएल)मा ललितपुर सिटी एफसीको उपाधि आशामाथि ठूलो धक्का लागेको छ । ललितपुर सिटी आइतबार भएको खेलमा पोखरा थन्डर्ससँग गोलरहित बराबरीमा रोकिएको हो । 
प्रतियोगितामा ललितपुरको यो तेस्रो बराबरी हो । लिग चरणको ६ मध्ये चार खेल खेलिसक्दा अझै जितविहीन ललितपुरलाई शीर्ष चारभित्र रहँदै उपाधि आशा जीवित राख्न ठूलो दबाब देखिएको छ । लिग चरणमा ललितपुरले अब दुई खेल मात्रै खेल्न बाँकी छ । 

उसलाई प्रतियोगितामा उपाधिको आशा जीवित राख्नका लागि यी दुवै खेलमा जितको नतिजा आवश्यक हुनेछ । चार खेलबाट तीन बराबरीसँगै तीन अंक मात्रै जोडेको ललितपुर सात टोली सहभागी एनएसएल अंक तालिकाको छैटौँ स्थानमा छ । ललितपुरभन्दा पछाडि एफसी चितवन मात्रै रहेको छ । 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुवै टोलीले मध्यम खालको प्रदर्शन गरे । दुवै टोलीले प्राप्त सीमित अवसर सदुपयोग गर्न सकेनन् । विशेष गरी फिनिसिङमा चुक्दा दुवै टोलीले एक–एक अंक बाढेका छन् । ललितपुरले नाइजेरियन खेलाडी पिटर सेगुनलाई पहिलोपटक मैदानमा उतारेको थियो । यद्यपि, उनको सहभागीताले ललितपुरलाई जितको लयमा फर्काउन सकेन ।