१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख १५ बुधबार ११:०६:००
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

आङदेम्बेको म एउटा बिहान हिँडिरहेछु सार्वजनिक

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख १५ बुधबार ११:०६:००

कवि, लेखक, फिल्ममेकर प्र्रकाश आङदेम्बेको ‘एउटा बिहान हिँडिरहेछु’ कविताकृति सार्वजनिक भएको छ । मण्डला थिएटरमा मंगलबार आयोजित कार्यक्रमबीच कवि भूपाल राई, श्रवण मुकारुङ, बिमला तुम्खेवा र आङदेम्बे स्वयंले कृतिको लोकार्पण गरेका हुन् । 

कार्यक्रममा कवि भूपाल राईले आङदेम्बेका कविताहरू पढ्दा साथी पाएजस्तो महसुस गरेको बताए । उनले भने, ‘प्रकाशको कविताले मलाई साथी पाएजस्तो भएको छ । उसका कविताले अर्कै नयाँ क्षितिज देखाएको छ ।’ कवि श्रवण मुकारुङले पछिल्लो समय मानव जीवन, सम्बन्ध, संवेदनामाथि नेपाली कविता नलेखिएको र त्यसको परिपूर्ति आङदेम्बेको कविताले पूरा गरेको बताए । ‘प्रकाशका कविताले जीवन, जगत्, दर्शनका कविताको अभावलाई पूरा गराएको महसुस गरेको छु,’ मुकारुङले भने । 

त्यस्तै कवि बिमला तुम्खेवाले आङदेम्बेका कविताले पहिचानको मुद्दालाई पनि शक्तिशाली रूपमा उठाएको दाबी गरिन् । उनले भनिन्, ‘आङदेम्बेका कविता भोगाइहरूको दस्ताबेज हो । जीवनवादी लाग्ने यी कविताले लेखकको विचार र स्वभावको प्रतिनिधित्व गरेको छ ।’ संग्रहमा ६५ कविता छन् । संग्रहलाई द नेसेन्स फेलेक्स र द मार्जिनले संयुक्त रूपमा प्रकाशन गरेको हो ।