मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वप्रवासकोरोना अपडेटकर्नर किकसम्पादकीयस्वास्थ्य र जीवनशैली१३औँ वार्षिकोत्सव विशेषांकफिचरलाेकसेवा१४औँ वार्षिकोत्सव विशेषांकप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०१९टर्निङ प्वाइन्ट्स-२०२०प्रदेशब्लगEnglishटर्निङ प्वाइन्ट्स-२०२१
  • वि.सं २०७८ जेठ ५ बुधबार
  • Wednesday, 19 May, 2021
नयाँ पत्रिका काठमाडाैं
२०७८ बैशाख १० शुक्रबार १६:०६:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बालुवाटार बैठकबाट एमाले स्थायी कमिटी हेरफेर, माधव समूहको ठाउँमा बादल समूह

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७८ बैशाख १० शुक्रबार १६:०६:००

नेकपा एमालेले स्थायी कमिटी हेरफेर गरेको छ ।  प्रधानमन्त्रीनिवास बालुवाटारमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीकाे अध्यक्षतामा भएको बैठकले स्थायी कमिटीमा हेरफेर गरी  तत्कालका लागि १९ जनालाई स्थायी कमिटी सदस्य कायम गरेको छ । पार्टीविरोधी गतिविधिमा संलग्न थप नेतालाई सोधिएको स्पष्टीकरण र प्राप्त जवाफबारे पनि बैठकमा छलफल भएको थियो ।

प्रतिनिधिसभामा रहेका २७ नेतामाथि सोधिएको स्पष्टीकरणबारे अध्ययन गरी निर्णय गर्ने जिम्मेवारी स्थायी कमिटीलाई दिइएको छ । यसअघि निलम्बन गरिएका नेता माधवकुमार नेपाल, भीमबहादुर रावल, घनश्याम भुसाल, सुरेन्द्रप्रसाद पाण्डेलगायतलाई स्थायी कमिटीको सूचीबाट हटाइएको तथा नेकपा (माओवादी केन्द्र)बाट प्रवेश गरेका रामबहादुर थापालगायतलाई समावेश गरिएको छ ।

समानान्तर गतिविधिमा रहेका नेताहरू फर्किएमा जिम्मेवारी दिइने भएको छ । बैठकले केन्द्रीय कमिटीका सदस्यको कार्यविभाजन गरेको छ । अध्यक्ष ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदन र महासचिव ईश्वर पोखरेलले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदनमाथि प्राप्त सुझाब ग्रहण गरी एकीकृत रूप दिइएको छ । बैठकले समसामयिक विषयमा ११बुँदे प्रस्ताव पारित गरेको छ । ती प्रस्तावमा पार्टीमा समानान्तर गतिविधि रोकेर पार्टी एकताको मूल प्रवाहमा फर्कन आग्रह गर्दै जनप्रतिनिधिलाई उम्मेदारी दिने पार्टी र आफूलाई मत दिने जनताको सम्मान गर्न आग्रह गरेको छ । 

मूल प्रवाहमा फर्कने नेता–कार्यकर्तालाई सम्मानका साथ उचित जिम्मेवारी दिइने प्रवक्ता ज्ञवालीले जानकारी दिए । उनले पार्टी एकता र आन्दोलनको रक्षाका लागि वार्ता र सहमतिको पहल भइरहेकाले थप नेतालाई कडा कारबाही गर्नु नपरोस् भन्ने आफूहरूको चाहना रहेको स्पष्ट गरे ।  

अध्यक्ष ओली र नेता नेपालसँगको पछिल्लो वार्ताबारे सोधिएका प्रश्नमा नेता ज्ञवालीले अध्यक्षका तर्फबाट पहल जारी रहेको र अर्का पक्षबाट पनि त्यस्तै सकारात्मक र एकताको पहलको अपेक्षा गरिएको बताए । बैठकले कोभिड– १९ को रोकथाममा जुट्न सबैमा तथा उपनिर्वाचनको तयारीका लागि तयार रहन कार्यकर्तालाई आग्रह गरेको छ । यस्तै, सरकार र नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँगको सहमतिलाई स्वागत गर्दै शान्ति र विकासतर्फको यात्रा आरम्भका लागि नेपाल सरकारलाई धन्यवाद दिइएको छ ।