मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७८ बैशाख १० शुक्रबार
  • Friday, 14 August, 2026
रमेश रावल वीरेन्द्रनगर
२o७८ बैशाख १० शुक्रबार o७:४३:oo
Read Time : < 1 मिनेट
प्रदेश प्रिन्ट संस्करण

कर्णाली प्रदेश सरकारले पाँच सय आइसोलेसन बेड थप्ने

Read Time : < 1 मिनेट
रमेश रावल, वीरेन्द्रनगर
नयाँ पत्रिका
२o७८ बैशाख १० शुक्रबार o७:४३:oo

कर्णाली प्रदेश सरकारले दोस्रो चरणको कोरोना लहर नियन्त्रण तथा रोकथाम गर्न कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पाँच सय आइसोलेसन बेड विस्तार गर्ने भएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षता बिहीबार बसेको कर्णाली प्रदेश विपत् व्यवस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको हो । 

सबै जिल्ला अस्पतालमा ५० शय्यादेखि सय शय्याका आइसोलेसन युनिट निर्माण गर्ने र प्रदेश अस्पताल, जुम्लामा रहेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कोरोना संक्रमित बिरामीको उपचार गर्न सक्ने क्षमतासहित विस्तार गर्ने निर्णय भएको कर्णाली प्रदेश सरकारका प्रवक्ता विमला केसीले 
जानकारी दिइन् । 

‘दोस्रो चरणमा फैलिएको कोरोना भाइरस रोग नियन्त्रण तथा रोकथाम गर्न सबै प्रकारका नीति अवलम्बन गर्न सामाजिक विकास मन्त्रालयलाई योजना बनाउन निर्देशन दिइएको छ,’ प्रवक्ता केसीले भनिन्, ‘कोरोना संक्रमण नियन्त्रण गर्न स्वास्थ्य क्षेत्रलगायत अन्य कामलाई प्रभावकारी ढंगले अगाडि बढाउने निर्णय भएको छ ।’

१०६ परीक्षण गर्दा ८७ मा संक्रमण

कर्णाली प्रदेशमा एक सय ६ जनाको पिसिआर परीक्षण गर्दा ८७ जनामा कोरोना संक्रमण देखिएको छ । बिहीबार कर्णाली प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा ९० जना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा १६ जनाको स्वाब परीक्षण भएको थियो । बिहीबार संक्रमित भएकामा सुर्खेतका ७६, कालिकोटका तीन, जुम्लाका दुई, जाजरकोटका एक, दैलेखका दुई र अन्य जिल्लाका तीनजना रहेको कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । 

रेपिड एन्टिजेन विधिबाट ५७ जनामा कोरोना परीक्षण गर्दा १७ जनामा नयाँ संक्रमण पुष्टि भएको पनि निर्देशनालयले जनाएको छ । सो विधिबाट परीक्षण गर्दा दैलेखका दुई, सल्यानका नौजना, रुकुम पश्चिमका पाँच र जुम्लाका एकजनामा कोरोना पुष्टि भएको छ । कर्णालीमा हाल कोरोना सक्रिय संक्रमितको संख्या दुई सय १२ जना रहेको छ ।