१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७८ बैशाख ८ बुधबार १८:३०:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमाले अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७८ बैशाख ८ बुधबार १८:३०:००

एमाले अध्यक्ष केपी ओली र समानान्तर गतिविधि गरिरहेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । आन्तरिक विवाद उत्कर्षमा पुगेका वेला राजधानीको एक होटलमा ओली र नेपालबीच भेटवार्ता भएको हो । 

झन्डै दुई घन्टासम्म भेटवार्ता चलेको थियो । भेटपछि ओली र नेपाल दुवैले पत्रकारहरूलाई प्रतिक्रिया दिएनन् । 

ओलीले नेपालसहितका नेतालाई निलम्बन गरेका छन् भने नेपालसहित २७ संघीय सांसद र पाँच प्रदेश सांसदलाई स्पष्टीकरण सोधेका छन् । 

नेपाल पक्षले गत २८ फागुनको निर्णय खारेज हुनुपर्ने माग गर्दै आएको छ ।
 

यो पनि पढ्नुहोस्
नेपाल समूहलाई कारबाही भए सत्तासमीकरणमा के हुन्छ अंकगणित ?