१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार o९:३६:oo
Read Time : < 1 मिनेट
ad
ad
प्रदेश प्रिन्ट संस्करण

हिल्सानाका वर्षाैँदेखि बन्द, विकास प्रभावित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o९:३६:oo

०७६ मंसिरबाट हुम्लाको उत्तरी नाका हिल्सा बन्द हुँदा विकास निर्माणको काम प्रभावित भएको छ । उत्तरी चीन र नेपालसँग जोडिएको हुम्लाको हिल्सानाका बन्द भएपछि निर्माण सामग्री आउन सकेको छैन । जसले गर्दा विकास निर्माणको काम प्रभावित भएको हो ।

मंसिरदेखि फागुनसम्म हिमपात र चैत महिनादेखि कोरोना महामारीका कारण नाका बन्द छ । नाका ठप्प हुँदा दैनिक उपभोग्य वस्तु, विकास निर्माणका सामग्री र मजदुरीसमेत प्रभावित देखिएको छ ।  

चीन र नेपालको मैत्रीपूर्ण लगानी रोकिँदा साना, मझौला, ठूला व्यवसाय आर्थिक संकटको घेराबन्दीमा परेको हुम्ला उद्योग वाणिज्य संघका अध्यक्ष नाम्ग्याल तामाङले जानकारी दिए । एकातिर नाका नखुलेपछि विकास निर्माणका कामसमेत प्रभावित भएको छ भने अर्काेतर्फ कर्जाको ब्याजदरले सताउने गरेको अध्यक्ष तामाङले बताए । वर्षाैँदेखि नाका बन्द हुँदा होटेल व्यवसायीले ठूलो घाटा व्यहोर्नुपरेको नाम्खा गाउँपालिकाका स्थानीय छेपेल लामाले बताए । 

सीमा क्षेत्रमा रहेका व्यवसायीको कारोबार र आयात–निर्यातमा समस्या भएको लामाको भनाइ छ । हिल्सानाका बन्द भएसँगै व्यवसाय ठप्प हुँदा राजस्वमा घाटा हुनुका साथै उपभोक्तासमेत मर्कामा परेका छन् ।  सरोकारवाला निकायले चासो नदेखाएपछि वर्षाैँसम्म नाका ठप्प भएको स्थानीय व्यवसायीको गुनासो छ ।

ad
ad