मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७८ बैशाख ६ सोमबार ०८:२५:००
Read Time : < 1 मिनेट
सप्तरंग प्रिन्ट संस्करण

लेखक खगेन्द्र संग्रौलालाई पहिचान सम्मान

Read Time : < 1 मिनेट
२०७८ बैशाख ६ सोमबार ०८:२५:००

पहिचान पुरस्कार कोषले लेखक खगेन्द्र संग्रौलालाई चार लाख दुई हजार दुई रुपैयाँ तथा ताम्रपत्रसहित ‘पहिचान सम्मान’ गरेको छ । लेखनमाध्यमबाट उत्पीडित र सीमान्तकृत समुदायको पहिचान स्थापित गर्न योगदान पुर्‍याएकाले संंग्रौलालाई सम्मान गरेको कोषले जनाएको छ । 

संग्रौलालाई कोषका अध्यक्ष नरेश काङमाङ, नेतृ रामकुमारी झाँक्री, नेता अजम्बर काङमाङले पुरस्कार प्रदान गरेका थिए । कार्यक्रममा वरिष्ठ साहित्यकार वैरागी काइँलाले अडियो सम्बोधन गर्दै संग्रौलालाई बधाई दिएका थिए ।

साहित्य र पहिचानको क्षेत्रमा सक्रिय सर्जकहरूलाई प्रोत्साहन गर्ने अभिप्रायले स्थापित यस पुरस्कार ०७२ सालबाट वार्षिक रूपमा प्रदान गरिँदै आएको छ । कोषले चार वर्ष पहिचान पुरस्कार र पाँचौँ वर्ष सम्मान गर्ने गर्छ । चारजना सर्जकलाई पहिचान पुरस्कार प्रदान गरिसकेपछि पाँचौँ वर्ष संग्रौलालाई सम्मान गरिएको हो । कार्यक्रममा अध्यक्ष काङमाङले संग्रौलालाई सम्मानित गर्न पाउँदा पहिचान पुरस्कार कोष गौरवान्वित भएको बताए ।