१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७८ बैशाख ५ आइतबार
  • Saturday, 05 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७८ बैशाख ५ आइतबार o६:१४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

प्रचण्ड–नेपाल भेट : सर्वदलीय बैठक बहिष्कार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७८ बैशाख ५ आइतबार o६:१४:oo

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीले शनिबार बोलाएको सर्वदलीय बैठक बहिष्कार गरेका छन् । एमाले वरिष्ठ नेता माधवकुमार नेपालसँग कोटेश्वरस्थित एक व्यवसायीको निवासमा भएको छलफलपछि प्रचण्ड बालुवाटारमा बोलाइएको सर्वदलीय बैठकमा नजाने निष्कर्षमा पुगेका हुन् । 

‘खासमा उहाँ (प्रचण्ड)लाई तपाईं, म र शेरबहादुर देउवाबीच अहिलेको समसामयिक परिस्थितिमा छलफल गर्नुपर्‍यो भनेर प्रधानमन्त्रीले बोलाउनुभएको थियो, तर त्यसरी ढाँटेर सर्वदलीय बैठक बोलाइएको थाहा पाएपछि जानुभएन,’ प्रचण्डनिकट एक नेताले भने, ‘माधव कमरेडसँग कोटेश्वरमा बेग्लै छलफल गरेर यो जानकारी गराएपछि उहाँ बालुवाटार जानबाट रोकिनुभएको हो ।’

बालुवाटारमा प्रधानमन्त्रीले सर्वदलीय बैठकमा छलफल चलाउनुअघि प्रचण्डले नेपालसँग कर्णाली प्रदेशमा नेपाल समूहले पुर्‍याएको सहयोग, ओलीले बोलाएको बैठकलगायत विषयमा बेग्लै छलफल गरेका थिए ।