
नेपाल बंगलादेश बैंकले कर्मचारी बचत खाता खोल्ने ग्राहकको सुरक्षाका लागि गरिएको दुर्घटना बिमाबापत दाबी परेको १५ लाख रुपैयाँ भुक्तानी गरेको छ । बैंकले ग्राहक भोजबहादुर बस्नेतको मृत्यु भएपछि बिमा रकम उनकी श्रीमती पार्वती बस्नेतलाई प्रदान गरेको हो ।
भोजबहादुर बस्नेतले प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको श्रमिक भई काम गर्दा बाह्रबिसे शाखामा खाता खोली कारोबार गर्दै आएको बैंकले जनाएको छ । बिमा रकमको चेक बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रभूषण श्रेष्ठले मृतककी पत्नीलाई हस्तान्तरण गरेको जनाइएको छ ।
बैंकले देशभरमा ९९ शाखा, ७ एक्सटेन्सन काउन्टर तथा ८१ एटिएममार्फत बैंकिङ सुविधा दिँदै आएको जनाएको छ ।