मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७७ चैत ३१ मंगलबार
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७७ चैत ३१ मंगलबार १६:५o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

काठमाडौं विश्वविद्यालयमा अम्बेडकरजयन्ती

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७७ चैत ३१ मंगलबार १६:५o:oo

भारतीय स्वतन्त्रताको ७५औँ वर्षमा हाल सञ्चालित इन्डिया याट ७५ कार्यक्रमअन्तर्गत काठमाडौं विश्वविद्यालय र भारतीय राजदूतावासले अम्बेडकरजयन्ती मनाएका छन् । भारतीय संविधान निर्माता बाबा साहेव भीमराव अम्बेडकरजयन्तीका अवसरमा सोमबर काठमाडौं विश्वविद्यालयमा छलफल पनि आयोजना भएको छ । 

कार्यक्रममा विश्वविद्यालयका उपकुलपति डा. भोला थापाले आधुनिक भारतको निर्माणमा बाबा साहेव भीमराव अम्बेडकरको भूमिका तथा समाजका सीमान्तकृत वर्गको सामाजिक उत्थानमा उहाँको योगदानबारे बताए । भारतीय राजदूतावासका प्रेस, सूचना तथा संस्कृति प्रभागका प्रथम सचिव नवीन कुमारले विद्यार्थीलाई ‘बाबा साहेव’का विचारधारालाई अनुशरण गर्न प्रेरित गरे । 

स्कुल अफ लका डिन डा. ऋषिकेश वाग्लेले आधुनिक भारतको निर्माणमा र भारतको राजनीतिक तथा सामाजिक—आर्थिक रूपान्तरणमा भारतको संविधानको भूमिकाबारे बताएका थिए । स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रका निर्देशक डा. केदारनाथ शर्मा र स्कुल अफ आर्टस्का डिन प्राध्यापक डा. सागरराज शर्माले पनि भारतीय समाजको रूपान्तरणमा डा. अम्बेडकरको भूमिकाबारे चर्चा गरे ।

कार्यक्रममा काठमाडौं विश्वविद्यालयका विद्यार्थी पनि सहभागी थिए । सो अवसरमा बाबा साहेव अम्बेडकरको जीवनीमा आधारित ‘मूक नायक’ नामक वृत्तचित्र पनि देखाइएको थियो ।