Read Time : < 1 मिनेट
२०७७ चैत ३१ मंगलबार १६:२१:००
सर्लाहीको शंकरपुरमा ट्र्याक्टरको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको छ । मंगलबार मध्याह्न बागमती नगरपालिका– ८ गाँजलीचोकमा ज.१त १५७४ नम्बरको ट्र्याक्टरको ठक्करबाट बिआर ३० एम ३४५२ नम्बरको मोटरसाइकलमा सवार दुईजनाको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनामा परी मृत्यु हुनेमा बरहथवा नगरपालिका– १५ पिप्राभित्ता बस्ने ५० वर्षे भिखारी साह र सोही मोटरसाइकलको पछाडि सवार भारतीय नागरिक ४० वर्षे प्रकाश सहनी रहेको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएको हो ।
बागमती खोलाबाट बालुवा बोकेर पश्चिमतर्फ जाँदै गरेको ट्र्याक्टरले बागमतीबाट बरहथवातर्फ जाँदै गरेको मोटरसाइकललाई ठक्कर दिएको थियो ।