Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
फाइल तस्बिर
रमेश रावल वीरेन्द्रनगर
२०७७ चैत ३० सोमबार १६:२०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशन आह्वान

Read Time : < 1 मिनेट
रमेश रावल, वीरेन्द्रनगर
२०७७ चैत ३० सोमबार १६:२०:००

कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशन आगामी ३ वैशाखमा आह्वान गर्न सरकारले प्रदेश प्रमुखसमक्ष सिफारिस गरेको छ । २९ चैतमा बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले अधिवेशन आह्वानको सिफारिस गरेको सरकारका प्रवक्ता विमला केसीले जानकारी दिइन् । 

मन्त्रिपरिषद्को निर्णयअनुसार प्रदेश प्रमुखले नेपालको संविधान १८३ को उपधारा (१)बमोजिम प्रदेश प्रमुख गोविन्द्रप्रसाद कौलोनीले कर्णाली प्रदेश सभाको साताँै (हिउँदे) अधिवेशन ३ वैशाख शुक्रबार दिउँसो २ बजे आह्वान गरेको प्रदेश प्रमुख कार्यालयका सचिव ठाकुरप्रसाद सिग्देलले जानकारी दिए । 

मन्त्रिपरिषद् बैठकले कालिकोटको नरहरिनाथ गाउँपालिका वडाको संख्या बढाउने र सिमाना हेरफेर गर्ने निर्णयसमेत गरेको छ । 

कर्णाली खेलकुद परिषद्को सदस्यमा जाजरकोट नलगाड नगरपालिका– ५ का इन्द्रबहादुर शर्मालाई मनोनयन गर्ने निर्णय पनि भएको केसीले बताइन्  । 

कर्णाली प्रदेश सरकारले लोपोन्मुख तथा सीमान्तकृत समुदायका लागि जीविकोपार्जन र आयआर्जन कार्यक्रम सञ्चालन कार्यविधि स्वीकृत गर्ने निर्णयसमेत गरेको छ ।