मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका
२०७७ चैत ३० सोमबार ०८:२३:००
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७७ चैत ३० सोमबार ०८:२३:००

भारतीय पूर्वराष्ट्रपति अब्दुल कलामले कहिल्यै आफ्नो पदको लाभ उठाएनन् । राष्ट्रपति कार्यालयमा आएका आफ्ना निजी पाहुनाहरूको सत्कार गर्ने क्रममा उठेको बिल उनी राज्यकोषबाट नभएर आफ्नै व्यक्तिगत खर्चबाट तिर्ने गर्थे । कतैबाट सम्मानित हुनुअघि उनी धेरैपटक विचार गर्थे । कतै सम्मान दिनेहरूले कुनै लाभ त लिन खोजेका छैनन् । राष्ट्रपतिको कार्यकाल सकिएपछि पनि उनी सम्मान तथा उपहारमा कहिल्यै आकर्षित भएनन् । सन् २०१४ मा उनलाई सौभाग्य वेट ग्रिन्डरले प्रायोजन गरेको कार्यक्रममा प्रमुख अतिथिका रूपमा निम्त्याइएको थियो । 

त्यस अवसरमा उनलाई एउटा ग्रिन्डर उपहारस्वरूप दिइयो । उनले उपहारका रूपमा ग्रिन्डर लिन अस्वीकार गरे । तर, आफूलाई आवश्यक परेका वेला पैसा तिरेरै यो सामान खरिद गर्ने वाचा गरे । अगस्ट २५, २०१४ मा उनले चार हजार आठ सय ५० भारुको चेकसहित आफ्ना सहयोगीलाई पसलमा पठाए । यस कम्पनीका महाप्रबन्धकले कलामसँग पैसा लिन चाहेका थिएनन् । त्यसैले उनले एक महिनाभन्दा लामो समयसम्म चेक साटेनन् । एक महिनापछि कलामको कार्यालयबाट किन चेक डिपोजिट भएन भनेर फोन आयो । 

कम्पनीले त्यसपछि पनि लामो समयसम्म चेक डिपोजिट गरेन । त्यसपछि कलामले तत्काल चेक डिपोजिट नगरेको खण्डमा ग्रिन्डर फिर्ता गरिदिने धम्की दिए । कम्पनीले चेक डिपोजिट गर्ने जानकारी गरायो । त्यसपछि यस कम्पनीले चेकलाई स्क्यान गर्‍यो । त्यसलाई फ्रेममा राख्यो । भोलिपल्टै उनीहरूले चेकलाई डिपोजिट गरे । कम्पनीले आफ्नो चेक डिपोजिट गर्दै पैसा कटाएको थाहा पाएपछि कलामले खुसी हुँदै आफ्नो कार्यालयमार्फत धन्यवाद सन्देश पठाए ।