मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका
२०७७ चैत २६ बिहीबार ०८:३१:००
Read Time : > 2 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

गरिबी निवारणमा अनुकरणीय चिनियाँ अभ्यास

श्वेतपत्रले चीनको सयवर्षे कर्मको कथा भन्छ, चीन किन सफल भयो, त्यसको वर्णन गर्छ

Read Time : > 2 मिनेट
नयाँ पत्रिका
२०७७ चैत २६ बिहीबार ०८:३१:००

चीनको राज्य परिषद् सूचना कार्यालयले मंगलबार ‘गरिबी निवारण :  चीनको अनुभव र योगदान (पोभर्टी एलिभेसन : चाइनाज एक्सपेरियन्स एन्ड कन्ट्रिब्युसन’ शीर्षकमा एक श्वेतपत्र जारी गरेको छ । यो श्वेतपत्रले एक शताब्दीयता चिनियाँ कम्युनिस्ट पार्टी ( सिपिसी)को नेतृत्वमा चिनियाँ जनताले गरिबीसँग कसरी लडे र कसरी त्यो असाध्य लडाइँ जितेका छन् भन्ने विस्तृत कथा पस्किएको छ ।

सन् २०१२ मा सम्पन्न १८औँ राष्ट्रिय कंग्रेसयताका यी आठ वर्षमा सिपिसीको केन्द्रीय समितिका महासचिव सी जिनपिङको मार्गनिर्देशन र सुपरीवेक्षणमा चीनले गरिबी निवारणको आफ्नो नयाँ युगको कार्यभारलाई पूरा गरेको छ । यसले चिनियाँ जनताको सपनालाई मात्रै पूरा गरेको छैन, विश्वकै निम्ति गरिबी निवारण र मानव विकासका सवालमा महान् योगदान गरेको छ ।

यो श्वेतपत्रले गरिबी निवारणका ऐतिहासिक एवं रूपान्तरणकारी परिघटनाको विस्तृत विवरण दिएर विश्वलाई चीनले गरिबी निवारणमा हासिल गरेको ठूलो सफलता र मूल्यवान् अनुभवको कठिन प्रक्रियाबारे पनि खुलस्त गरेको छ । यो श्वेतपत्रले चीनको सयवर्षे कर्मको कथा भन्छ, चीन किन सफल भयो, त्यसको वर्णन गर्छ र चीनको गरिबी निवारणको थ्योेरीलाई व्यवस्थित रूपले सारांशीकृत गर्छ ।

श्वेतपत्रको पहिलो वाक्यले भन्छ, ‘गरिबी मानव समाजको जीर्ण रोग हो, पूरै विश्वले सामना गरिरहेको साझा चुनौती हो ।’ यसर्थ, गरिबीसँगको चिनियाँ लडाइँको सुरुवातदेखि नै ठूला विश्वव्यापी प्रभाव परे । यो प्रक्रियामा चीनले खोज गरेको सिद्धान्त र हासिल गरेको अनुभव चीनको मात्रै होइन, विश्वकै सम्पत्ति हो । यसले गरिबीसँग कसरी जुझ्ने भन्ने चेत मानव समुदायलाई दिएको छ ।

मानव समाजको गरिबीसँग लड्ने कार्यभारका निम्ति नयाँ मार्ग खोलिदिएको छ । चिनियाँ विशेषतासहितको गरिबी निवारणको मार्गका ६ भाग छन्– जनतामा केन्द्रित, शासनको केन्द्रमा गरिबी निवारण, विकासले गरिबीलाई बढार्ने, वास्तविकतामा आधारित रहेर प्रक्रियालाई समृद्ध बनाउने, गरिबलाई नै मुख्य भूमिका खेल्न दिने र सबै पक्षबाट शक्ति एकत्रित गरेर लड्ने ।

इतिहासमै ठूलो संख्यामा जनतालाई लाभान्वित गर्ने मनसायको भगीरथ प्रयासबाट चीनले हासिल गरेको गरिबी निवारणमा यो स्तरको जित नै बदनाम गर्न उद्यत्हरूलाई सबैभन्दा कडा प्रत्युत्तर हो

यो दीर्घकालीन कठिन मिहिनेतमार्फत चिनियाँ जनताले अन्वेषण गरेको सफल मार्ग हो । श्वेतपत्रको मनछुने विशेष प्रभावशाली कथनले भन्छ, ‘गरिबी निवारणको युद्धमा १८ सयभन्दा धेरै पार्टी सदस्य र अधिकारीहरूले आफ्नो जीवन बलिदान गरेका छन् ।’ तिनले जनताका लागि सबै कुरा बलिदान गरेर आफ्नो प्रतिबद्धता पूरा गरेका छन् । सिपिसीको नेतृत्व गरिबीविरुद्धको यो युद्धमा जितको निःसन्देह प्रमुख कडी हो ।

हीनताबोधका कारण केही पश्चिमा मुलुक चीनलाई मानवअधिकारको विषयमा कलंकित गरेर दाग लगाउन नयाँ चरणको अभियानमा लागिपरेका छन् । तर, इतिहासमै ठूलो संख्यामा जनतालाई लाभान्वित गर्ने मनसायको भगीरथ प्रयासबाट चीनले हासिल गरेको गरिबी निवारणमा यो स्तरको जित नै बदनाम गर्न उद्यत्हरूलाई सबैभन्दा कडा प्रत्युत्तर हो । मानवअधिकारको सुनिश्चितता गर्ने सवालमा अरू कुनै मुलुकले यो स्तरको प्रगति हासिल गरेका छन् त ? गरिबी निवारणमा चीनको सफलता चीनले अँगाल्दै आएको राजनीतिक दर्शनकै सफलता हो, जसले समाज र जनताको आजीविकामा प्रगतिलाई केन्द्रमा राख्छ ।

चीन मानवअधिकार सुनिश्चितताको ओठेभक्ति देखाउँदैन, कामबाटै सुनिश्चित गरिदिन्छ । यो मुलुकले यहाँका जनतालाई उच्च स्तरको मानवअधिकारको खोजी गर्ने वास्तविक ठोस आधार निर्माण गरिदिएको छ । विकासका वास्तविकता, राष्ट्रिय अवस्था र नागरिकका आधारभूत आवश्यकताको पर्वाह नगरी लगाइने मानवअधिकारका चर्का नाराको कुनै तुक छैन भन्ने यो श्वेतपत्रले एकपटक फेरि प्रमाणित गरेको छ । मानवअधिकारको विकास तथ्यहरूबाट सत्यको खोजमार्फत नै सुरु गर्नुपर्छ । अमेरिकी राजनीति धेरै हदसम्म ठोस पहलकदमीभन्दा पनि रित्ता भाषणबाजीमा संलग्न छ– उसले मिठा शब्दहरूको प्रयोग त गर्छ, तर कुनै समस्याको हल गर्दैन । अमेरिकी सत्ता मूलभूत रूपले नै मुठीभरको सेवामा समर्पित छ । 

यो श्वेतपत्रको निष्कर्षले भन्छ, ‘चरम गरिबीको लेबल हटाउनु अन्त्य होइन, नयाँ जीवन र नयाँ यात्राको सुरुवात हो ।’ चीनका सबै एक अर्ब ४० करोड जनता, जसले गरिबी निवारणमा सहयोग गरे वा जो सहयोगको खाँचोमा थिए, ती सबै नै इतिहासको यो असाधारण यात्राका सहयात्री हुन् । चीन कठिन मिसन काँधमा लिएर कठिनाइको सामना गरिरहेको विश्वको सबैभन्दा ठूलो विकासशील मुलुक हो । चीनसँग समुन्नमत जीवन निर्माण गर्ने क्षमता र आत्मविश्वास दुवै छ । यो मुलुकको भविष्य सुनौलो छ । 
सम्पादकीय ग्लोबल टाइम्सबाट