१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ चैत ३१ आइतबार
  • Saturday, 19 April, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ चैत ३१ आइतबार o७:oo:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नयाँ पत्रिकाकर्मीसहित पाँच खेलपत्रकार सम्मानित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ चैत ३१ आइतबार o७:oo:oo

नेपालकै जेठो जिम नेपाल व्यायाम मन्दिरले शनिबार नयाँ पत्रिकाका खेलपत्रकार श्रीलोचन राजोपाध्यायसहित पाँचजनालाई सम्मानित गरेको छ । व्यायाम मन्दिरद्वारा आयोजित आठौँ नीलकण्ठ मानन्धर स्मृति पावर लिफ्टिङ तथा नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान कार्यक्रममा खेल पत्रकारलाई सम्मान गरेको हो ।

मेरोखेलडटकमका प्रधानसम्पादक श्रीविक्रम भण्डारी, गोरखापत्र अनलाइनका गोविन्द रेग्मी, सेतोपाटी अनलाइनका सीताराम कोइराला र अनलाइनखबरडटकमका गोविन्दराज नेपाल पनि सम्मानित भएका हुन् । 

शारीरिक सुगठन तथा व्यायाम मन्दिरको विकास र विस्तारमा लामो समयदेखि योगदान पुर्‍याएका पूर्वएआइजी विजयलाल कायस्थलाई ५५ हजार पाँच सय ५५ नगदसहित लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ ।

नेपाल बडी बिल्डिङ महासंघका कायस्थ प्रथम उपाध्यक्षसमेत हुन् । काठमाडाैँ महानगरपालिकाका प्रवक्ता तथा कामपा १७ वडाध्यक्ष नवीन मानन्धरसहित व्यायाम मन्दिरका अध्यक्ष नारायण प्रधानलगायतले सम्मानपत्र तथा पुरस्कार प्रदान गरे ।