Skip This
अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार नयाँ पत्रिकाकर्मी पराजुलीलाई
१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ जेठ १४ बुधबार
  • Friday, 30 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ जेठ १४ बुधबार १९:o५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार नयाँ पत्रिकाकर्मी पराजुलीलाई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ जेठ १४ बुधबार १९:o५:oo

यस वर्षको ‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८२’ नयाँ पत्रिकाकर्मी रोहितराज पराजुलीलाई प्रदान गरिने भएको छ। २५ हजार राशीको उक्त पुरस्कार कास्कीको अन्नपूर्ण गाउँपालिका, घान्द्रुकस्थित अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले स्थापना एवं सञ्चालन गर्दै आएको छ।

सो पुरस्कार ३ जुन अर्थात् अन्नपूर्ण हिमाल आरोहण दिवसको अवसर पारी २० जेठमा घान्द्रुकमा हुने पाँचौँ संस्करणको अन्नपूर्ण म्याराथनको समापन समारोहमा प्रदान गरिनेछ। २०६१ सालदेखि पोखरामा रहेर पत्रकारिता गर्दै आएका पराजुली २०६६ सालदेखि नयाँ पत्रिका राष्ट्रिय दैनिकमा आबद्ध छन्।

पत्रकारिताको माध्यमबाट अन्नपूर्ण क्षेत्रको पर्यटन प्रवर्द्धनमा सघाउ पुर्‍याउने पत्रकारलाई प्रत्येक वर्ष समितिले यो पुरस्कार दिँदै आएको छ। समितिले यसअघि २०७५ सालमा आयोजना गरेको अन्नपूर्ण सेन्चुरी पर्यटन महोत्सवको अवसरमा पराजुलीलाई सम्मान गरेको थियो।

पराजुली यसअघि नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयले प्रदान गर्ने खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार २०८०  र नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीद्वारा उत्कृष्ट खेलकुद पत्रकारिता अवार्ड २०८० बाट पुरस्कृत भइसकेका छन्।